आज माैसम केही सफा : अझै टरेकाे छैन जाेखीम

मूलखबर संवाददाता
काठमाडौं, १७ असाेज

आज माैसम केही सफा देखिएको छ । माैसम पुर्वानुमान विभागले असाेज १७ (आज) देखी ६ दिनसम्म काेशी, गण्डकी , बागमती र लुम्बिनी प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना देखाउँदै उच्च सतर्कता अपनाउन चेतावनी दिएकाे थियाे ।

अत्यधिक वर्षाको प्रक्षेपणसँगै सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ ।

बंगालको खाडीमा विकसित प्रणालीको प्रभावले नेपालमा पनि भारी वर्षाको पूर्वानुमान गरिएकाले गृह मन्त्रालयले चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिएको हो ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २१ गतेसम्म मनसुन सक्रिय हुने र त्यसले कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म प्रभाव पार्ने प्रक्षेपण गरेको छ । यसक्रममा कुनै कुनै ठाउँमा अति भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएकाले जनधनको क्षति हुन सक्ने आशंका छ ।

सावधान ! असाेज १७ देखी यस्तो छ माैसम