सावधान ! असाेज १७ देखी यस्तो छ माैसम

मूलखबर संवाददाता
काठमाडौं, १६ असाेज

दशैकाे मुख्य दिन टिका सकिएकाे छ तर अझै पुर्णिमासम्म पनि टिका लगाउने प्रचलन छ । यसपटकको दशैं हिले दशैं बनेकाे छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको बताएको छ।

विभागले नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने पनि बताएको छ।

विशेषतः बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको जोखिमसमेत औंल्याएको छ।

त्यस्तैले उल्लिखित अवधिमा अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न प्राधिकरणले सतर्क गराएको छ।

सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिन र सो निर्णय पालना गराउन पनि प्राधिकरणले भनेको छ।