बाह्रबिसे पहिरो : ५ जनाको जीवितै उद्धार, ३ को शव फेला, बेपत्ताको खोजी कार्य जारी
बाह्बिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा बेपत्ता मध्य पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अबस्थामा फेला परेका उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।
तीन जनाको शव भेटिएको छ । सो स्थानमा कम्तीमा पनि २७ जना बेपत्ता भईरहेको हुन सक्ने प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनु भयो । पहिरोले जनधनको क्षति बिवरण संकलन गरिदै रहेको न्यौपानेले बताउनु भयो ।
नागपुजेका ७ घरका १७ जना बेपत्ता छन् । आज राती २ बजेर ४६ मिनेटमा बस्तीमाथिबाट आएको पहिराले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोक पहिरो अपडेट : २८ बेपत्ता, ३ जनाको शव फेला, खोजी जारी, सभामुख घटनास्थलमा
भीरखर्कका १२, नागपुच्छेका ६ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बेपत्ताहरुको खोजी र उद्धारकार्य जारी रहेको बताउनु भयो । स्थानीय खोजी कार्यमा जुटेका छन् । -गोरखापत्रबाट