नेपालमा पहिलोपटक मंसिर १२ देखि अन्तर्राष्ट्रिय जनसंख्या सम्मेलन हुँदै

मूलखबर संवाददाता
काठमाडौं,

नेपालमा पहिलोपटक जनसंख्या सम्मेलन हुन गइरहेको छ । यहि मंसिर १२ देखि १५ सम्म साेल्टी हाेटलमा आयाेजना हुने सम्मेलनमा ३८ भन्दा धेरै देशबाट सहभागीता रहने आयाेजकले जनाएका छन् ।

एशियाली जनसंख्या संघ (एपिए) मूल आयोजक र जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) स्थानीय आयोजक रहेको यो सम्मेलनमा विभिन्न मुलुकका करिब ६०० जनसंख्याविद्हरूको सहभागिता रहने छ ।

स्थानीय आयोजक समितिका संयोजक एवं सिडिपिएसका प्रमुख प्राध्यापक योगेन्द्र बहादुर गुरुङका अनुसार सम्मेलनमा १७ वटा विषयका कार्यपत्रहरु प्रस्तुत गरिनेछन् ।

नेपालको जनसंख्या नीति निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास आयाेजकले गरेका छन् ।  सम्मेलनमा एशिया,अमेरिका,अष्ट्रेलिया लगायतका महादेशका जनसंख्याविद्धहरुको सहभागिता रहने छ ।

आयोजकका अनुसार मंसिर १५ गते नेपाल शेसन पनि हुनेछ । उक्त शेसनमा श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले नेपालमा रोजगारीको अवस्था र वैदेशिक रोजागरीमा युवाहरुको आकर्षण किन भन्ने विषयमा पनि एक कार्यपत्र प्रस्तुत गर्नेछन् ।