
नेकपा एमालेलाई काठमाडौं महानगरले लगायाे १ लाख जरिवाना
सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमालेले शक्ति प्रदर्शनकाे नाममा सडक फाेहाेर गरेको भन्दै काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।
