काेराेना बारेका १७ भ्रम र यथार्थ : पढाैं र लागू गराैं !

मूलखबर संवाददाता
काठमाडौं

युनिभर्सिटी अफ मेरिल्याण्ड, अमेरिकाको संक्रामक रोग केन्द्रका प्रमुखद्वारा कोभिड १९ बारे कायम रहेको भ्रम सम्बन्धी १७ बूँदे सुझाव •••

(१) कोरोना भाइरस संग हामीले महिनों अथवा वर्षौं सम्म बस्नुपर्ने हुनसक्छ। त्यसैले भयाक्रान्त भएर जीवनलाई निरर्थक नबनाइकन यो सत्यता लाई स्वीकार गर्दै बाँच्न सिकौं।

(२) कोशिका भित्ता भित्र प्रवेश गरिसकेको भाइरस लाई धेरै पटक तातो पानी खाएर नष्ट गर्न सकिन्न। त्यस बाट पटक पटक पिसाब फेर्ने मात्रै हुनेछ।

(३) बारम्बार हात धुने र दुई मीटरको भौतिक दूरी कायम राख्नु यसका लागि सर्वोत्तम उपाय हो।

(४) कोभिड १९ को रोगी नभएको अवस्थामा घरमा किटाणुनाशक छर्कनु आवश्यक छैन।

(५) प्याकेज गरिएको कार्गो, पेट्रोल पम्प , किनमेल गर्ने ठेलागाडी र एटिएमबाट संक्रमण हुदैन।

(६) कोरोना भाइरसको संक्रमण भोजन बाट हुने होइन। यो फ्लू जस्तै संक्रमण बाट सम्बद्ध छ। अहिले सम्म खाना बाट भाइरस संक्रमित भएको कुनै तथ्यगत सूचना छैन।

(७) कोभिड १९ को गैर विशिष्ट लक्षणहरु भनेको गन्ध बुझ्न नसक्नु , अत्यधिक एलर्जी र भाइरल संक्रमण हो।

(८) घर फर्किदा हतारिएर लुगा फेर्न अथवा नुहाउनु पर्ने आवश्यकता छैन। शुद्धता सद्गुण हो, यसलाई पागलपन बनाउनु हुँदैन।

(९) कोरोना भाइरस वायुमण्डलमा हुदैन। यो निकटता गर्दा श्वासप्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो।

(१०) बगैँचा र पार्कको स्वच्छ हावामा भौतिक दूरी कायम राख्दै घुमफिर गर्न सकिन्छ।

(११) कोरोना एउटा भाइरस हो बैक्टिरिया होइन। त्यसैले यसको लागि साधारण साबुनको प्रयोग गरेपनि पर्याप्त हुन्छ।

(१२) ऑनलाइन अर्डर गरेर खाना मगाउने बारे चिन्तित हुनु पर्दैन तर त्यस्तो भोजनलाई माइक्रोवेब अथवा अन्य कुनै प्रकारले तताएर खानु पर्दछ।

(१३) जुत्ता संग जोडिएर कोरोना भाइरस घर भित्र पुग्ने सम्भावना छैन। ड्रप संक्रमण यसरी फैलिदैन।

(१४) भिनेगर, अदुवा अथवा बेसारको प्रयोग गर्दा यो भाइरस बाट सुरक्षित हुन सक्दैन तर तिन्को सेवनले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न मद्दत पुग्छ।

(१५) लामो समयसम्म मास्क को प्रयोग गर्दा श्वासप्रश्वास बाधित भई शरीरमा ऑक्सिजनको मात्रालाई फरक पार्न सकिन्छ। त्यसैले यसलाई भीडभाड भएको ठाउँमा मात्रै प्रयोग गर्नु उचित हुन्छ।

(१६) सधैं भरी पञ्जा लगाई रहनु ठिक छैन। भाइरस त्यसमा टाँसिएको हुनसक्छ र अनुहार छुँदा सजिलै सर्न सक्छ। बरु हात धुने क्रममा वृद्धि गर्नु सही हो।

(१७) जीवाणु रहित वातावरणमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनाले घर बाहिरको संसारमा प्रायः गइरहनु उपयोगी हुनेछ। रोगजनक माहौलमा शरीरको प्रतिरोधात्मक क्षमता आफै सन्तुलित हुने गर्दछ। त्यसैले घर भित्र बसेर चिल्लो, गुलियो र मसलायुक्त भोजन गर्नुको साटो खुला ठाउँको भ्रमण बढी उपयुक्त हुन्छ।

लकडाउनको निरन्तरता समस्याको समाधान होइन, प्राथमिक उपचार जतिकै हो। विधिको शासन नभएसम्म कोरोना भाइरस संकटको समाधान गर्न सकिन्न। महामारी नियन्त्रणको लागि “विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण ऐन २०७४” लाई पन्छाएर राजनीतिक समिति मार्फत निर्णयहरू भइरहदा पनि कोही बोल्न चाहदैन। कोरोना संकट वर्षौं सम्म रहिरहने हो। त्यसैले अझै पनि विधिसम्मत ढंगले कामगर्न सके यसको व्यवस्थापन सम्भव छ। ध्यान रहोस, कोरोना भाइरसको नियन्त्रण तत्काल हुदैन।