भिजिट भिसा प्रकरणमा छानविनकाे लागि गृहमन्त्रीबाट राजिनामा गर्न उचित

मूलखबर संवाददाता
काठमाडौं, १२ जेठ

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम र संलग्नताबारे लगातार समाचार आइरहेका बेला उनलेे राजिनामा दिनुपर्ने माग चाैतर्फी उठेकाे छ । उनलेे राजिनामा दिएर छननविनकाे लागि वातावरण बनाउनुपर्ने प्रतिपक्षी दलहरूका नेताहरूले पनि बताएका छन् ।  उनी सम्बद्व दल नेपाली कांग्रेस र सत्ता साझेदार दल एमालेका नेताहरूले समेत उनलेे राजिनामा दिन उचित हुने सुझाव र प्रतिक्रिया दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका नेताहरू, विभिन्न भातृ संगठनका नेताहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरूले गृहमन्त्री लेखकले तत्काल राजिनामा दिनुपर्ने सार्वजनिक रूपमा अभिव्यक्ति दिएका छन् ।

यस अघि सहकारी काण्डमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले तत्काल राजिनामा गरेर छानविनका लागि मार्ग प्रशसस्त गर्नुपर्ने लेखककाे भाषण सामाजिक सञ्जालमा राख्दै युवाहरूले लेखककाे राजिनामा मागेका छन् ।

लेखकलाई राजिनामा गर्न चाैतर्फी दबाब बढिरहेका बेला लेखकले भने आफ्नो संलग्नताकाे प्रमाण भेटिएमा मन्त्रीबाट मात्रै  हाेईन राजनीतिबाटै राजिनाम गर्ने घाेषणाा गरेका छन् ।

उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’ का विषयमा मात्रै होइन, आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाटै अलग्गिने बताएका छन् । ‘अहिले जुन सवाल उठिरहेको छ, यस सन्दर्भमा मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्याे भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु,’ लेखकले भने, ‘यसर्थ मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ । यस विषयमा विस्तृत धारणा राख्न आगामी १३ जेठमा प्रतिनिधिसभा बैठकमा समय माग गरेको छु ।’

विश्लेषकहरूले पक्राउ परेका कर्मचारी र सचिवालयका सदस्यले प्रष्ट देखिनेगरी लेखककाे संलग्नताबारे प्रहरीलाई जानकारी दिएकाले लेखकले तत्काल राजिनामा दिएर छानविनलाई सहज गर्नुपर्ने बताएका छन् ।