
एससीओ मुलुकहरूको २०२५ मिडिया काेअपरेशन फोरम चीनको सिन्जियाङमा सुरु
साङ्घाई सहयोग संगठन (एससीओ) मा आबद्ध मुलुकहरूको मिडिया काेअपरेशन फोरम चीनको उइगुर स्वायत्त प्रदेशको राजधानी सिन्जियाङ उरुम्चीमा सुरु भएको छ।
यो कार्यक्रम चिनियाँ कम्मुनिष्ट पार्टी सम्वद्व दैनिक पत्रिका पिपुल्स डेलीको आयोजना र सिनजियाङ उइगुर स्वायत्त प्रदेश सरकारको सह-आयोजनामा भएको हो।
सन् २००१ मा चीनले “शाङ्घाई स्पिरिट”लाई प्राथमिकता दिँदै स्थापना गरेको एससीओमा आवद्ध मुलुकहरू, संवाद साझेदारहरू र पर्यवेक्षक राष्ट्रहरूका ५० भन्दा बढी मिडिया संस्थाका २०० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन्।
यो दुई दिने फोरममा विभिन्न राष्ट्रबीचको मिडिया सहकार्य, जनस्तरसम्मको सम्बन्ध विस्तार, विकास र सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल हुने जनाइएको छ।
कार्यक्रमको उद्घाटन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका पोलिटब्युरो सदस्य तथा सिनजियाङ प्रान्तीय समितिका सचिव मा सिङरुईले एससीओ सदस्य राष्ट्रहरूबीच मिडिया सहकार्य बलियो बनाउनु आवश्यक रहेको बताए। उनले मिडियाले राष्ट्रहरूबीचको आपसी समझदारी, जनस्तरसम्मको सम्पर्क र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
पिपुल्स डेलीका अध्यक्ष यु शाओलिङले यो कार्यक्रममार्फत एससिओ सदस्य राष्ट्र, जनता र मिडियाबीचको सहकार्य र सम्बन्ध सुदृढ हुने अपेक्षा व्यक्त गरे।
त्यसैगरी, शाङ्घाई सहयोग संगठनका उपमहासचिव सुहैल खान र सीपीसी शिनजियाङ क्षेत्रीय समितिका उपसचिव एरकिन तुनियाजले पनि कार्यक्रममा मन्तव्य दिएका थिए।
कार्यक्रममा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने वरिष्ठ पत्रकारहरूले आफ्नो धारणा राखेका छन् ।
कार्यक्रमकाे उदघाटन सत्र आज सकिने र भाेलीदेखी मिडिया वर्कसप आयाेजना गरिएको आयाेजक संस्था पिपल्स डेलीले जनाएको छ ।
एससिओ के हाे ?
साङ्हाई सहयोग संगठन (SCO) एक बहुपक्षीय संगठन हो, जसको स्थापना सन् २००१ मा चीनकाे पहलमा चीन, रूस, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानले गरेका थिए। भारत र पाकिस्तान सन् २०१७ मा सदस्य बनेका थिए भने ईरान २०२३ मा पूर्ण सदस्य बनेकाे थियाे । त्यसैगरी बेलारुस २०२४ मा पूर्ण सदस्य बनेेकाे छ । नेपाल यसकाे सदस्य राष्ट्र हाेइन, पर्यवेक्षक राष्ट्रकाे रूपमा सहकार्य गरेकाे छ ।
एससिओकाे मुख्य उद्देश्यहरूमा सुरक्षा र आतंकवाद नियन्त्रण, आर्थिक सहकार्य, आपसी व्यापार विस्तार, सांस्कृतिक तथा सामाजिक सहकार्य रहेका छन् । यसकाे मुख्यालय चीनको बेइजिङमा रहेको छ भने यसकाे आधिकारिक भाषा चिनियाँ र रुसी भाषालाई मानिएकाे छ ।