
रविलाई छाड्न मानेन अदालत
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
तत्काल प्राप्त प्रमाणका आधारमा लामिछाने र जोशी दोषी होइनन् भन्न सक्ने आधार नदेखिएकाले थुनामुक्त गर्न नमिल्ने फैसला सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले गरेको हो ।