
भारतीय कम्युनिस्ट पार्टीका महासचिवकाे हत्याविरूद्व विश्वव्यापी विराेध शुरू
भारतीय सरकारले गरेकाे नरसंहारमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नम्बाला केशव राव, उर्फ बसवराजू मारिएकाे खबरले विश्वभरका क्रान्तिकारी माओवादीहरू आक्राेसित बनेका छन् ।
हालै भारतकाे प्रधानमन्त्री नरेन्द्र माेदीकाे निर्देशनमा भएको माओवादीविरूद्वकाे हिंसात्मक आक्रमणमा महासचिव बसवराजसहित दुइ दर्जन बढी माओवादी कार्यकर्ता मारिएका थिए ।
छत्तीसगढको नारायणपुर जिल्लाको अबुझमार जंगलमा भारतीय सुरक्षा बल र माओवादी विद्रोहीहरूबीच भएको ५० घण्टे भीषण मुठभेडमा २७ जना माओवादी मारिएका भारतीय गृहमन्त्रीले दावी गरेका छन् । मृतकमध्ये भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नम्बाला केशव राव, उर्फ बसवराजु, पनि थिए, जसको टाउकोमा भारतिय रू. १.५ करोडको इनाम थियो। उनी पार्टीको सबैभन्दा उच्च पदमा थिए र विगत तीन दशकमा मारिएका सबैभन्दा वरिष्ठ माओवादी नेता रहेकाे भारतिय मिडियाहरूले प्रचार गरेका छन् ।
भारतिय प्रहरीको हवाला दिँदै भारतिय सञ्चारमाध्यमले गरेको प्रचार अनुसार मृतकमध्ये २५ जना बसवराजुको सुरक्षा टोलीमा थिए, जसमा १२ जना महिला पनि समावेश थिए। उनीहरू सबैको संयुक्त इनाम रकम भारतिय रू. १२.३ करोड थियो। सुरक्षा बलको यो सफलता माओवादी विद्रोह विरुद्धको अभियानमा ठूलो प्रगति मानिएको सुक्षा बलले दावी गरेको छ । भारतीय गृहमन्त्री अमित शाहले यसलाई “ऐतिहासिक उपलब्धि” भन्दै २०२६ मार्चसम्म माओवादी विद्रोह समाप्त गर्ने सरकारको लक्ष्यमा ठूलो कदम भएको बताएका छन्।
मुठभेडपछि जिल्ला रिजर्भ गार्ड (DRG) का जवानहरूले रंग र संगीतसहित विजय उत्सव मनाएका थिए ।
भारतले पाकिस्तानमाथि गरेकाे आक्रमणमा लज्जास्पद पराजय बेहाेरेपछि त्यसलाई ढाकछाेप गर्न माओवादीविरूद्वकाे अभियान चलाइएकाे हुनसक्ने विश्लेषण गरिएको छ । माओवादी पार्टीको महासचिवलाई पक्राउ गरेर चरम यातना दिएर मारेकाे र माेदी सरकारले मानव अधिकारकाे उलंघन गरेकाे भनेर विश्वव्यापी विराेध र आलोचना शुरू भएकाे छ ।
भारतका वामपन्थी पार्टीहरू, बंगलादेश, श्रीलंका र उत्तर अमेरिकी राष्ट्रका कम्युनिस्ट र समाजवादी पार्टीका नेताहरूले भारत सरकारे मानअधिकारकाे उलंघन गरेको प्रतिक्रिया दिएका छन् ।
नेपालका माओवादी पार्टीका नेता कार्यकर्ताले महासचिवकाे हत्या गरेर भारतले ठूलो गल्ती गरेकाे बताउँदै महासचिवकाे निधनले इमानदार र क्रान्तिकारी नेता गुमाएको भन्दै श्रद्धाञ्जली दिएका छन् भने भारत सरकारकाे आततायशि व्यवहारकाे भर्त्सना गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तगा पुर्व विद्यार्थी नेता लेखनाथ न्याैपानेले क्रुर प्रकृतिको सामुहिक हत्याकाण्डले हामीलाई आक्राेशित मात्र बनाएकाे छैन कि अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा ठुलाे क्षति समेत पुगेकाे बताएका छन् ।
उनलेे लेखेका छन्-
वैचारिक खम्बा ढलिएकाे खबरले मर्माहत बनायाे
हिजाेकाे हाम्रो उत्प्रेरणा, आज संसारमा सबभन्दा अघि बढेकाे क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, भाकपा (माओवादी) जनयुद्ध हाे । यति मात्रै हाेइन, हामी अन्तर्राष्ट्रियतावादी हुनुकाे अर्थ समेतले भारतकाे छत्तीसगढ राज्य नारायणपुर र दन्तेवाडा जिल्ला सिमानामा भएकाे क्रुर प्रकृतिको सामुहिक हत्याकाण्डले हामीलाई आक्राेशित मात्र बनाएकाे छैन कि अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा ठुलाे क्षति समेत पुगेकाे छ । भारतीय शाषकवर्गले चलाएकाे कथित ब्ल्याक फरेष्ट अपरेसनकाे नाममा भाकपा (माओवादी) का महासचिव एवं वैचारिक खम्बा (मस्तिष्क) नंबाल केशव राब (क. बसवराजू) सहित २७ जना कमरेडहरुकाे हत्या गरेकाे छ । सर्वहारा श्रमिकहरुकाे पक्षमा लड्दालड्दै सहादत सबै कमरेडहरुप्रति लालसलाम अर्पण !