काजु खानुका फाईदा
काजुलाई डाईकोफ्रूट्सको राजाको रुपमा चिनिन्छ । स्वाद र स्वास्थ्य बनाउनका लागि वास्तबमा काजुको धेरै फाइदा रहेको छ ।
यदी काजु दिनहु खाने गरियो भने यसको अनेकौ फाइदा रहेको छ ।थेरैमात्रा पनि काजु खाए पनि शरिरको लागि धेरै उर्जा पाइन्छ ।
हामी तपाई काजुको खादा हुने फाइदाको बारेमा यहा तपाइलाई जानकारी दिन चाहन्छौ ।
थकान हटाउँछ
काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।
अनुहार चम्किलो बनाउँछ
काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
युरिक एसिड हुन दिँदैन
काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।
रक्तचाप नियन्त्रण गर्छ
काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।
दिमाग तेजिलो बनाउँछ
काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।
कोलेस्टेरोल घटाउँछ र पोषण प्रदान गर्छ
हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ । काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । यिनले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।
मुटु बलियो बनाउँछ
काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिनन तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।
डायबेटिज नियन्त्रण गर्छ
काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।
nepalsandesh