यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
राजावादीलाई सरकारले दियो यस्तो कडा चेतावनी : चुप लागेर बसिन्न. राजावादीलाई सरकारले दियो यस्तो कडा चेतावनी: चुप लागेर बसिन्न. सरकारले राजावादीलाई कडा चेतावनी दिएको छ । सरकारले प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न राजावादीहरूलाई चेतावनी दिएको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानविरोधी गतिविधि दोहोरिइरहने हो भने सरकार चुप लागेर नबस्ने चेतावनी दिए ।. राजावादीहरूले राजसंस्था पुनर्स्थापनाका लागि १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका बेला सरकारका प्रवक्ताको यस्तो चेतावनी आएको हो । मन्त्री गुरुङले शान्तिपूर्ण विरोधको अधिकारप्रति सरकार उदार रहेको तर सरकार संविधानविपरीतका गतिविधि स्वीकार्य नहुने बताए । ‘हामीले विरोध गर्ने अधिकार छुट दिएका छौँ, तर त्यसलाई हाम्रो कमजोरी ठान्न हुँदैन । हामी डराएर छुट दिएका होइनौँ’, उनले भने ।. सधैँ संविधानविरोधी गतिविधि दोहोरिइरहने हो भने सरकार चुप लागेर नबस्ने उनले दोहोर्याए । उनले हालसम्म सरकारले प्रदर्शनमा प्रतिबन्ध नलगाएको पनि स्मरण गराए । ‘संविधानअनुसार प्रतिबन्ध लगाउन सक्ने अधिकार भए पनि अहिले प्रयोग गरेका छैनौँ,’ उनले भने, ‘तर सधैँ संविधानविरोधी क्रियाकलाप गरिरहने हो भने सहन सकिँदैन । सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन । यस अघि २०८१ चैत १५ गते राजावादीहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीले आततायी व्यवहार प्रदर्शन गरेका थिए, जसमा २ जनाको ज्यान जानुका साथै करोडौंको धनमाल तोडफोड र आगजनी गरिएको थियो ।.
राजावादीलाई सरकारले दियो यस्तो कडा चेतावनी : चुप लागेर बसिन्न
मूलखबर संवाददाता
काठमाडौं, ८ जेठ
सरकारले राजावादीलाई कडा चेतावनी दिएको छ । सरकारले
प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न राजावादीहरूलाई चेतावनी दिएको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानविरोधी गतिविधि दोहोरिइरहने हो भने सरकार चुप लागेर नबस्ने चेतावनी दिए ।
राजावादीहरूले राजसंस्था पुनर्स्थापनाका लागि १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका बेला सरकारका प्रवक्ताको यस्तो चेतावनी आएको हो । मन्त्री गुरुङले शान्तिपूर्ण विरोधको अधिकारप्रति सरकार उदार रहेको तर सरकार संविधानविपरीतका गतिविधि स्वीकार्य नहुने बताए । ‘हामीले विरोध गर्ने अधिकार छुट दिएका छौँ, तर त्यसलाई हाम्रो कमजोरी ठान्न हुँदैन । हामी डराएर छुट दिएका होइनौँ’, उनले भने ।
सधैँ संविधानविरोधी गतिविधि दोहोरिइरहने हो भने सरकार चुप लागेर नबस्ने उनले दोहोर्याए । उनले हालसम्म सरकारले प्रदर्शनमा प्रतिबन्ध नलगाएको पनि स्मरण गराए । ‘संविधानअनुसार प्रतिबन्ध लगाउन सक्ने अधिकार भए पनि अहिले प्रयोग गरेका छैनौँ,’ उनले भने, ‘तर सधैँ संविधानविरोधी क्रियाकलाप गरिरहने हो भने सहन सकिँदैन । सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन ।
यस अघि २०८१ चैत १५ गते राजावादीहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीले आततायी व्यवहार प्रदर्शन गरेका थिए, जसमा २ जनाको ज्यान जानुका साथै करोडौंको धनमाल तोडफोड र आगजनी गरिएको थियो ।