कांग्रेस सभापति देउवा भारत जाँदै
काठमाडौं, २९ चैत ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बैसाख ७ गते भारत जाँदैछन् । देउवा पत्नी आरजु देउवाको स्वास्थ्य उपचारको नाममा भारत जान लागेको देउवाले उच्चस्तरिय राजनीतिक भेटघाट पनि गर्ने भएका छन् । देउवाको निकट श्रोतका अनुसार उनले भारतमा रहँदा प्रधानमनत्री नरेन्द्र मोदीलाई पनि भेट्नको लागि आग्रह पठाइसकेका छन् ।
नेपाली कांग्रेसको सथापन पक्षलाई पराजीत गरी सभापति र संसदीय दलका नेता समेत बनेका देउवाले भारत र युरोपीयन युनियनको संयुक्त विज्ञप्तीलाई स्वागत गर्दै नेपालको संविधानमा भारतको आपत्तिको स्वागत गरेका थिए । उनले संघियताको पनि सैद्धान्तीक रप्ले समर्थन गरेपनि व्यवहारिक रुपमा कार्यान्वयनमा अवरोध गरिहेका छन् । देउवा भावि प्रधानमनत्रीको रुपमा नेपालमा चर्चा भइरहेको बेला देउवाले पत्नी को स्वास्थ्य उपचारको नाममा गर्न लागेको भारत भ्रमण अर्थपूर्ण रहेको छ । देउवाको भारत भ्रमणपश्चात नेपाली राजनीतिक सत्ता समिकरणमा फेरबदल आउन सक्ने विश्लेषण पनि गरिएको छ । तर देउवा स्वयंले भने आफू बलियो प्रतिपक्षीको रपमा मात्रै भुमिका निर्वाह गर्ने बताएका छन् । उनको भारत भ्रमणले उनको आगामी यात्रा तय हुनेछ ।