
सभामुख घर्ती बिरामी , सुमेरु अस्पतालमा उपचार हुँदै
सभामुख ओनसरी घर्ती बिरामी परेकी छिन् । उनको ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भईरहेको छ । रक्तचाप बढेपछि सभामुख घर्तीलाई बिहान साढे ७ बजेअस्पताल भर्ना गरिएको उनको पारीवारीक श्रोतले जनाएको छ ।
उच्चरक्तचापको नियमित औषधी सेवन गरिरहेकी घर्तीलाई थप परिक्षण गर्नुपर्ने भएका कारण अस्पताल भर्ना गरिएको हो । बिरामीका कारण उपस्थित हुन नसकेपछि आज बसेको संबैधानिक परिषद्को बैठक प्रभावित भएको थियो ।
