छाङ्गदी हाइडोले थप्यो २ मेगावाट विजुली

लमजुङ्ग, २६ चैत /

lamjung top bdr urja mantriनेपालमा लोडसेडिंगको मार थपीइरहेको बेला लमजुङ्गमा रहेको छाङ्गदी खोलामा स्थापीत छाङ्गदी खोला हाइडोपावरबाट २ मेगावाट विजुली थप भएको छ ।
जिल्लाको फलेनी र बन्सार गाविसको सिमानामा रहेको उक्त आयोजनाको उद्घाटन उपप्रधानमनत्री एवं उर्जा मनत्री टोपबहादुर रायमाझीले गरेका हुन् ।
नेपालमा उर्जा संकट भइरहेको बेला भएको २ मेगावाट विजुली थपले केही राहत मिल्न समनत्री रायमाझीले बताए । उनले एक वर्षभित्र लोडसेडिंग पूर्ण रुपमा अन्त्य गर्ने गरी आफूले कार्ययोजना ल्याएको र काम भइरहेको दावी गरे । कार्यक्रममा लमजुङ्गका सांसद लालबहादुर तमूलगायतले बोलेका थिए ।

तस्वीर साभार- लालबहादुर तमू