नेपाल बार एसोसिएसनमा किन हार्यो प्रगतिशील समूह ? हार्नुका पाँच कारण

काठमाडौं , २६ चैत ।

Sher-Bahadur-KC

नेपाल बार एसोसिएसनको अध्यक्ष सहीत बहुमत पदमा लोकतान्त्रिक समूह बिजय भएको छ । अध्यक्ष ,४ उपाध्यक्ष , महासचिव र कोषाध्यक्ष लगायत १९ पदमा लोकतान्त्रिक प्यानलले बिजय हाँसील गरेको हो । दुई उपाध्यक्ष र ४ सदस्यमा बाहेक प्रगतिशील प्यानल अन्यमा पराजीत भएको छ ।झिनो मतले पराजीत भएपनि यति धेरै पदमा प्रगतिशील प्यानल किन हार्यो त ?यसका पछाडी निम्न कारणहरु छन् ।

 

resize_image
यसको पहिलो कारण हो , पूर्व अध्यक्ष हरिकृष्ण कार्की । बारको निर्बाचनमा जहिले पनि अघिल्लो नेतृत्वले लिएका नीति निर्णय निर्णायक बन्ने गरेको इतिहास छ । कार्की अघिल्लो पटकको निर्बाचनमा अध्यक्षमा बिजयी भएका थिए । उनले बारको अध्यक्ष हुँदाहुँदै आफ्नो कार्यकाल नसकेरै महान्यायधिबक्तामा नियुक्त भए । यो नै पहिलो कारण बन्यो प्रगतिशील प्यानल पराजीत हुुनुको । वास्तवमा उनी आफ्नो कार्र्यकाल नसकिदै महान्यायधिबक्तामा चयन हुुनु नियमतः गलत थियो । यो बिषयलाई लोकतान्त्रिक प्यानलले चुनाव जित्ने मुल एजेण्डा बनायो । उसले विगतको नेतृत्वले खेलेको भूमिकालाई मतदाताको बीचमा उदाङ्गो पार्योे , जसले गर्दा लोकतान्त्रिक प्यानल जित्ने एउटा आधार बन्न पुगेको एमाले निकट कानून व्यवसायीहरुको संस्था प्रोग्रेसिभ प्रोफेसनल लोयर्स एसोशिएसनका सचिव ईश्वरी भट्टराई बताउँछन् ।

दोस्रो कारण बनेको छ , प्रगतिशील प्यानललाई मधेशी कानून व्यवसायीहरुको असहयोग ।अहिलेको सत्ता रुपमा मधेश बिरोधी जस्तो देखिएको छ । जसका कारण मधेशी व्यवसायीहरुले प्रगतिशील प्यानलसंग प्यानल बनाउन सहकार्य गरेपनि निर्बाचनमा पुरै मत नदिएकोे निर्बाचन परिणामले देखाएको छ । अहिलेको सत्ता निर्माणपछि भारतले गरेको नाकाबन्दी र यसले सृजीत पेट्रोलियम पदार्थमा देखिएको संकट र कालोबजारी नियन्त्रणमा उदारता लगायतका बिषयलाई लोकतान्त्रिक प्यानलले मधेशका कानून व्यवसायीलाई चित्त बुझाउन सक्यो र चुनावमा व्यापक प्रचार गर्न सफल भयो । तर प्रगतिशील प्यानलले यो कुरालाई चिर्न सकेन जसका कारण प्रगतिशील प्यानल पछि परेको नेपाल बार एशोसिएसनका पूर्व महासचिव रमण श्रेष्ठको भनाई छ ।
तेस्रो कारण रहेको छ ,प्रगतिशील प्यानल बनाउँदा देखिएको कमजोरी । प्यानल बनाउँदा एमाले , माओवादी ,अन्य बामशक्ति निकट कानून व्यवसायी र मधेशी कानून व्यवसायीको बनाईयो तर उम्मेद्वार को बन्ने भन्नेमा सहमति नहुँदै प्यानल घोषणा गरयो ,जसले गर्दा प्यानल अनुसारको सबै मत प्रगतिशील प्यानलले पाएन , असन्तुष्ट भएका मतहरु लोकतान्त्रिक प्यानललाई जाँदा प्रगतिशील प्यानल कमजोर बनेको हो ।
चौथो कारण हो ,पहिलेको नेतृत्वले अस्थाई न्यायधिश नियुक्तमा पनि कुनै चासो देखाएन ।जसका कारण कानून व्यवसायीहरु रुष्ट भए । अस्थाई न्यायधिश नियुक्तिमा ज्ुन भूमिका कानून व्यवसायीको नेतृत्वले निर्बाह गर्नुपथ्र्यो त्यो पुरा गरेन । यसको परिणाम प्रगतिशील प्यानलले हार बेहोर्नु पर्यो ।
पाँचौ कारण हो , पपुलर मत आफ्नो पक्षमा पार्न नसक्नु उम्मेद्वारकै कमजोरी । मुलुकका ३३ वटा निर्वाचन केन्द्रमध्ये एउटा निर्बाचन केन्द्रमा कम्तिमा पनि ४देखी ५ मत पपुलर मत हुन्छन् , ती पपुलर मत टोटलमा हेर्दा झण्डै १सय ५० जति हुन आउँछन् । ती मत प्रगतिशिल प्यानलका उम्मेद्वारले आफ्नो पक्षमा तान्न सकेनन् र प्रगतिशील प्यानल पछाडि परेको कानून व्यवसायीहरु नै स्वीकार गर्छन् ।