
राेल्पापछि रूकुमपुर्वमा प्रचण्ड : जनयुद्धकालीन सेल्टरमा भव्य स्वागत
बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा हुँदै रूकुम पुर्व आइपुगेको छ।
रोल्पाको थबाङमा अभियान टोलीको भव्य स्वागत गरिएको छ। स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका थिए ।
थबाङ, जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण सेल्टर थियो। यस्तै, रोल्पाको लाबाङ तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठक स्थलका रूपमा चिनिन्छ, जहाँ महत्वपूर्ण रणनीतिहरू तय गरिएको थियो । जिल्ला पार्टीले आयोजना गरेको जनसभालाई अध्यक्ष प्रचण्डसहित नेताहरूले जनसभालाई सम्बोधन गर्नुभएकाे थियाे।
प्रचण्ड नेतृत्वको अभियान आज रूकुम पुर्व आइपुगेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भुमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गर्नुभएको छ।
उक्त सहकारीले स्थानीय उत्पादनको बजारिकरण तथा कृषकलाई उत्पादनमुखी बनाउन सहयोग पुर्याउँदै आएको छ। अवलोकनको अवसरमा सहकारीका अध्यक्ष रामेश्वर बुढा मगरले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरू र गतिविधिबारे जानकारी दिनुभयो।
उहाँले स्थानीय रूपमा उत्पादन हुने अर्गानिक वस्तुको माग उच्च रहेको उल्लेख गर्दै त्यसअनुसार उत्पादन बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष बुढा मगरले अध्यक्ष प्रचण्डलाई सहकारीका अर्गानिक उत्पादनहरू उपहारस्वरूप प्रदान गर्नुभयो।
अध्यक्ष प्रचण्ड ले रोल्पाको थबाङ मा सहिद स्मृति पार्क पुगी रोल्पाका सहिदको सालिक मा माल्यार्पण भएको छ ।
अध्यक्ष प्रचण्ड ले रोल्पाको थबाङ मा थबाङ गाउपालिकाद्वारा निर्मित थबाङ आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको छ ।