कालोबजारी गर्नेहरुलाई तह लगाउने काम गरिरहेको छु –आपूर्तिमन्त्री

काठमाडौं, २५ चैत ।

g€z

आपूर्तिमन्त्री गणेशमान पुनले आफुले कालोबजारी गर्नेहरुलाई तह लगाउने काम गरिरहेको बताएका छन् । सिंहदरबार कालोबजारी गर्नेहरुको आश्रयस्थल बनेको भन्दै मन्त्री पुनले कालोबजारी तह लगाउने आफ्नो अभियानमा सहयोग गर्न विद्यार्थीहरुलाई आग्रह गरेका हुन् ।

बिहीबार अखिल क्रान्तिकारी सिटिइभिटी कप २०७२ को ल्यावरोटरी मैदान कीर्तिपुरमा उदघाटन गर्दै मन्त्री पुनले   आयल निगमको भण्डारण क्षमता बढाउने तयारी भइरहेको जानकारी पनि दिए । अहिले आयल निगमको भण्डारण क्षमता १६ दिनको मात्र भएकाे भन्दै मन्त्री पुनले  चाँडै नै यसलाई बढाएर  ९० दिन बनाउँने याेजना रहेकाे बताए ।

तत्कालका लागि काभ्रेको पाँचखाल, धादिङको खैरेनीटार र नुवाकोटको बट्टारमा भण्डारण केन्द्र बनाइने उनले बताए । तर, सरकारले सातवटै प्रदेशमा भण्डारण केन्द्र बनाइने योजना बनाइरहेको उनले जानकारी समेत गराए ।