मधेस सरकारकाे नीति कार्यक्रममा जनयुद्ध र मधेस आन्दोलन थप गर्न माग

मूलखबर संवाददाता
जनकपुर, २७ जेठ

मधेस सरकारकाे नीति तथा कार्यक्रममा जनयुद्ध र मधेस आन्दोलन थप गर्नुुपर्ने विषय उठेकाे छ । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संशाेधन हाल्दै प्रतिपक्षी दलका सांसदहरूले जनयुद्ध र ऐतिहासिक मधेस आन्दोलनलाई थप गर्नुपर्ने माग गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपालका सांसद तथा प्रमुख सचेतक  राम आशिस यादवले पेश गरेको संशाेधन प्रस्तावमा प्रदेश प्रमुखले पेश गरेकाे सरकारकाे नीति तथा कार्यक्रमकाे बुँदा नं २ मा नेपालकाे परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्ने ऐतिहासिक मधेस आन्दोलन र जनयुद्ध थप गर्न माग गरिएको छ । उनकाे प्रस्तावलाई जसपा र माओवादी केन्द्रलगायतका प्रतिपक्षी दलले समर्थन जनाएका थिए । उनलेे नेपालकाे राजनीतिक परिवर्तन र जनअधिकारकाे जग जनयुद्ध र मधेस आन्दोलन शव्द विना याे नीति कार्यक्रम अधुराे हुने बताए ।

उनले मधेस प्रदेशका सहिद परिवारले खाइ पाई आएको सेवा सुविधामा थप गर्न समेत माग गरेका छन् ।

उनकाे प्रस्तावलाई संसदकाे बहुमतबाट अस्वीकृत गरिएपनि याे विषय गम्भीर र अत्यावश्यक विषय भएको माओवादी सांसद युवराज भट्टराईले बताए । उनलेे भने – `नेपालकाे अहिलेकाे राजनीतिक परिवर्तन र मधेस अधिकारकाे जग जनयुद्ध र मधेस आन्दोलन नै भएकोले साे विषय नीति कार्यक्रममा समावेश गरिनु पर्दछ । अहिलेकाे मधेस सरकार मधेसी जनताको भावनाप्रति उदासिन भएको देखिन्छ ।´