बिश्व फिफा बरीयतामा पहिलो को ? नेपाल कतिऔं स्थानमा ?
एजेन्सी,२५ चैत ।
फुटबलको सर्वोच्च निकाय फिफाले अप्रिल महिनाको लागि जारी गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लँदै १ सय ७९ स्थानमा पुगेको छ । ६ स्थान फड्को मारेको नेपाल दक्षिण एसियामा चौथो स्थानमा छ ।
दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा माथि १ सय ४७ औं स्थानमा छ । माल्दिभ्स १ सय ६० औं, भारत १ सय ६२ औं र बंगलादेश १ सय ७७ औं स्थानमा छ । यस्तै भुटान १ सय ८६ औं, श्रीलंका १ सय ८७ औं र पाकिस्तान १ सय ९० औं स्थानमा छ ।
यता अर्जेन्टिना पुन विश्व वरियताको शीर्ष स्थानमा उक्लन सफल भएको छ भने बेल्जियम दोस्रो स्थानमा छ । चिली अहिलेसम्मकै सबैभन्दा माथिल्लो वरियता तेस्रो स्थानमा पुगेको छ ।
कोलम्विया चौथो, जर्मनी पाँचौ, स्पेन छैटौं, ब्राजिल सातौं, पोर्चुगल आठौं, उरुगवे नवौ र इंग्ल्याण्ड दशौं वरियतामा छन् ।