राष्ट्रको स्वतन्त्रतालाई अझै सुदृढ गर्ने -प्रचण्ड
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वतन्त्रतालाई अझै सुदृढ गर्ने काममा लागेको बताएका छन् । पार्टी केन्द्र्यि कार्यालय , पेरिसडाँडा कोटेश्वरमा आयोजीत पोष्टबहादुर बोगटी स्मृति प्र्रतिष्ठानको प्रारम्भीक साधारण सभालाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्राप्त उपलब्धीको संस्थागत गर्ने, जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको तयारीमा जुटेको बताउँदै प्रचण्डले माओवादी आन्दोलनको पुनः एकिकरण गर्ने र संविधानको कार्यान्वयनको निम्ती राष्ट्रिय एकता कायम गर्ने कार्यमा आफू जुटेको बताए ।
उनले पोष्टबहादुर बोगटी सरल ,मृृदुभाषी र पारदर्शी भएको बताए । पार्टीका सबै गतिबिधि, राष्ट्रको बारे र जीवनका सबै पाटाहरुमा खुलेर भन्न सक्ने व्यक्तित्व भएको बताउँदै समस्याको सकारात्मक ढंगले निष्कर्ष निकाल्ने व्यक्तित्व भएको प्रचण्डको भनाई छ ।