नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ,खेलको टिकट बिक्रि खुल्ला
काठमाडौंं, २५ चैैत ।
विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
पारस खड्काको नेतृत्वमा घोषित १४ सदस्यीय टोलीमा अन्डर १९ टिमका कप्तान राजु रिजालसहित सन्दिप लामिछाने र सुशन भारी पनि पर्न सफल भएका छन् ।
यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल, सागर पुन, नरेश बुढायर, शरद भेषावकर र विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी र राजेश पुलामी रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
बैकल्पिकमा विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल रहेका छन् ।
प्रारम्भिक चरणमा छनोट भई बन्द प्रशिक्षणमा रहेका सुवास खकुरेल, सिद्धान्त लोहनी, सुनिल धमला, मन्जित श्रेष्ठ, अभिनाश कर्ण, आरिफ शेख, प्रदिप ऐरी भने टोलीमा पर्न सकेनन् ।
राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा र एसीसी डेपलपमेन्ट म्यानेजर वर्नापुराको छनोट समितीले नेपाली टिम छनोट गरेको हो ।
यस्तै नेपाली टिमको कन्सलटेन्ट कोचमा पुर्व प्रशिक्षक पुवुदु दासानायके रहने छन् । उनी गत सोमबार नेपाल आइपुगेका हुन् ।
नेपाल र नामिबियाबीचको खेल आगामी वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ ।
यसैैबीच विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबियाबीच हुने खेलको टीकट बिक्रि खुल्ला गरिएको छ ।
१५ हजार दर्शक अट्ने क्षमता रहेको कीर्तिपुरमा इन्टरनेटबाट टीकट बिक्रि खुला गरिएको हो ।
वैशाख ४ र ६ गते हुने खेलका लागि टीकटदर १०० रुपैयाँ तोकिएको छ ।