
सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने -देउवा
काठमाडौं , २४ चैत
नेपाली कांग्रेसका सभापति एवं नवनिर्वाचित संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेसले अब संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले अब सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताए । उनले भने, प्रतिपक्षी कडा भएन भने सरकार निरंकुश हुन्छ ।’
उनले मधेसको समस्या समाधानका लागि पहल लिने बताए । साथै आन्दोलनरत पक्षले पनि आफ्नो हट छाडेर सहमतिमा आउनु पर्ने र सरकार पनि गम्भिर हुनु पर्ने उनले बताएका छन् ।
