बार एशोसिएशनको प्रारम्भिक मत परिणाम सार्वजनिक, प्रगतिशील र लोकतान्त्रिक समूहको कडा प्रतिष्पर्धा
काठमाडौं , २३ चैत ।
कानुन व्यवसायीहरुको छाता संस्था नेपाल वार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्बजनिक गरिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीच कडा प्रतिष्पर्धा देखिएको छ । अहिलेसम्मको मत परिणाम हेर्दा अधिकांशमा प्रगतिशील समूह अघि देखिएको छ भने लोकतान्त्रिक समूह पछि पछि दगुरीरहेको छ ।वारको केन्द्रीय कार्यालय रामशाहपथमा भएको मतगणनाको पहिलो घोषणा अनुसार अध्यक्षमा प्रगतिशील समूहका उम्मेदवार विजयकान्त मैनाली र लोकतान्त्रिक समूहका शेरबहादुर केसीले बराबर १ सय ४० मत ल्याएका छन्।
अध्यक्ष पदका अरु उम्मेदवारहरु मनोहर साह र रामप्रसाद प्रजापतिले १/१ मत मात्र पाएका छन्। त्यस्तै पूर्वाञ्चल उपाध्यक्षमा प्रगतिशील समूहका टंक उप्रेतीले १ सय ४४ र लोकतान्त्रिक समूहका मदनकुमार खड्काले १ सय ३७ मत ल्याएका छन्।
मध्यमाञ्चल उपाध्यक्षमा प्रगतिशील समूहका रामसहाय यादवले १ सय ३४ र लोकतान्त्रिक समूहका विनय सिंहले १ सय ३८ मत ल्याएका छन्।
उपत्यका उपाध्यक्षमा प्रगितिशील समूहका रमेश बडालले १ सय ३९ र लोकतान्त्रिक समूहका मोतिराज गौतमले १ सय ३२ मत ल्याएका छन्।
पश्चिमाञ्चल उपाध्यक्षमा प्रगतिशील समूहका गुमानसिंह अर्यालले १ सय ४० र लोकतान्त्रिक समूहका घनश्याम पन्तले १ सय ३२ मत ल्याएका छन्।
मध्यपश्चिमाञ्चल उपाध्यक्षमा प्रगतिशील समूहका शालिकराम सापकोटाले १ सय ४९ र लोकतान्त्रिक समूहका रेवतीरमण भट्टराईले १ सय २९ मत ल्याएका छन्।
सुदुरपश्चिमाञ्चल उपाध्यक्षमा प्रगतिशील समूहका कलानन्द उपाध्यायले १ सय ४८ र लोकतान्त्रिक समूहका गंगाराम पाध्याले १ सय २९ मत ल्याएका छन्।
त्यस्तै महिला उपाध्यक्षमा प्रगतिशील समूहका उषा मल्ल पाठकले १ सय ४३ र लोकतान्त्रिक समूहकी शान्ता सेढाइँले १ सय २९ मत ल्याएकी छन्। महासचिवमा प्रगतिशील समूहका दीनमणि पोखरेलले १ सय ४० र लोकतान्त्रिक समूहका खम्मबहादुर खातीले १ सय ३१ मत ल्याएका छन्। कोषाध्यक्षमा प्रगतिशील समूहका हरिबहादुर खड्काले १ सय ३६ र लोकतान्त्रिक समूहका ज्ञानरत्न शाक्यले १ सय २९ मत ल्याएका छन्।