पत्रकार महासंघ स्थापना दिवस, प्रभातफेरी गरियो, परम्पराभन्दा माथि उठ्न गाह्रो

काठमाडौं, १६ चैत

fnj (1) fnjनेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज आफ्नो ६१ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवस परम्परागत ढंगले नै मनाइएको छ । स्थापना दिवसका अवसरमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरिएका छन् ।
महासंघ केन्द्रिय कार्यसमितिले दिवसका अवसरमा मंगलबार बिहान राजधानीमा प्रभातफेरि निकालेको थियो । राजधानीको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरि शान्तिवाटिकामा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा पत्रकार भन्दा गैरपत्रकारहरुकै बोलवाला र सक्रियात देखिएको थियो ।

सभालाई पूर्वसभापति हरिहर बिरही, महासंघ अध्यक्ष महेन्द्र बिष्टले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै महासंघका पूर्व सभापति हरिहर विरहीले पत्रकारले निर्धक्क भएर पत्रकारितथा गर्न पाउनुपर्नेमा लाग्न जोड दिए । पत्रकार भएर स्वतन्त्रपूर्वक पत्रकारिता गर्न पाउनुपर्ने भनाई राखेका थिए भने अध्यक्ष बिष्टले श्रमजीवी पत्रकारहरुको हक हित, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि सशक्त रुपमा लाग्ने प्रतिवद्धता जनाएका थिए । उनले पत्रकारहरुको पेशागत हक हित र सुरषाको लागि महासंघ प्रतिबद्ध रहेको जनाए । । उनले नयाँ संविधान अनुसार पत्रकारहरुले पनि संघीय प्रदेशमा जाने र सोही अनुसार पत्रकारका लागि नयाँ कार्ययोजना ल्याउने बताए ।

दिवसकै अवसरमा महासंघले बुधबार सञ्चारकर्मी र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फूटबल आयोजना गरेको छ । खेल दिउँसो ३ बजेपछि राजधानीको दशरथ रंगाशालामा हुने महासंघले जनाएको छ । महासंघले स्थापना दिवसलाई नयाँ योजनाहरु सार्वजनीक गरेर र केही उपलव्धीपूर्ण कार्य गरेर मनाउनुपर्नेमा परम्परागत ढर्रा बाट माथि उठ्नुपर्ने सुझाव श्रमजीवी पत्रकारहरुले दिएका छन् । सामाजिक संजालमा महासंघको परम्परागत ढर्राप्रति आलोचना गरी लेखिएका केही प्रतिक्रियाहरु यस्ता छन् । रोशन कार्कीले लेखेका छन्, अाैपचारिकता र नाटक धेरै भयाे अब काम गर्नु पर्छ .  कामकाज नै नगरी मिडीयाको कार्ड भजाएर पत्रकार भनाउनेहरु र श्रमजिवी पत्रकारहरुको पसीनामाथी दमन गर्दै मालीक बन्नेहरुका बिरुद्द कठोर संघर्ष गर्ने हिम्मत गरेमात्र पत्रकार महासंघको स्थापना दिवस मनाउनुको सार्थकता रहने छ ।