
आजबाट होली पर्व सुरु
काठमाडौं , ३ चैत ।
रंगको पर्व होली आजबाट प्रारम्भ हुँदैछ । राजधानीको बसन्तपुरमा चीर ठड्याएसँगै होलीको औपचारिक सुरुवात भएको मानिन्छ ।
फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याएसँगै होली पर्व सुरु हुन्छ ।
नेपाल पञ्चाङ्ग निर्णयक समितिले चीर ठड्याउनको लागि आज विहान ७ बजेर ४७ मिनेटमा उत्तम साइत रहेको जनाएको छ ।
धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रहलादलाई मार्न आफ्रनी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रहलादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।
