गृहमन्त्रीबारे जेनजीहरूबीच बाझीयाे मत, राजीनामा होइन परिणाममुखी काम चाहन्छौं :रक्षा बम
गृहमनत्रीले राजीनामा गर्नुपर्ने र नपर्ने भन्ने विषयमा जेनजी आन्दोलनका नेताहरुबीच मतभेद देखिएको छ । सरकार पक्षसँगका वार्ताहरूमा जेनजीका तर्फबाट अघि सरिरहेका ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेलगत्तै जेनजी आन्दोलनका एक अगुवा तथा ‘जेन(जी फ्रन्ट नेपाल’का संयोजक रक्षा बमले त्यसको खण्डन गरेकी छन्। बमले आफूहरूले गृहमन्त्रीको राजीनामा होइन, परिणाम र काम चाहेको बताएकी हुन्।
‘हामी नागरिक सरकारको पक्षमा छौँ तर खबरदारी निरन्तर गर्छौँ’, उनले बिहीबार सामाजिक सञ्जालमा लेखेकी छन्, गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ।’
यसअघि सुदन गुरुङले गृहमन्त्री अर्यालले काम गर्न नसकेको भन्दै पद छाड्नुपर्ने बताएका थिए। उनले ‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सामाजिक सञ्जालमार्फत २ दिनभित्र राजीनामा दिन अल्टीमेटम दिएका थिए । उनको कुरालाई अर्का जेनजी अभियन्ता मिराज ढुंगानाले पनि साथ दिएका थिए ।
गृहमन्त्रीलाई हट्न सुदन गुरूङकाे कडा चेतावनी, यस्तो लेखे सन्देश





