स्पेनमा हाइस्पिड रेल दुर्घटनामा परी कम्तीमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

मूलखबर संवाददाता
काठमाडौं, १२ कात्तिक ।

स्पेनको मध्य भागमा भएको तीव्र गतिको रेल दुर्घटनामा परी कम्तीमा ६८ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।

मड्रिडबाट सभिलका लागि गुडेको रेल बुधवार बिहान अर्को रेलमा ठोक्किएको थियो। तीव्र गतिमा ठोक्किएपछि रेलका धेरै डिब्बाहरू लिकबाट तल खसेका थिए।

यातायात मन्त्रीले कम्प्युटरमा आएको समस्या र मानवीय त्रुटिका कारण दुर्घटना भएको बताए जुन युरोपको आधुनिक इतिहासको सबैभन्दा खराबमध्ये एक हो। यो स्पेनमा भएको १३ वर्ष यताको सबैभन्दा घातक रेल दुर्घटना हो।

दुर्घटनामा बाँच्न सफल यात्रुहरूले आफूहरू उछिट्टिएका, भग्नावशेषमा फसेका र बाहिर निस्किन झ्यालहरू फुटाइएको डरलाग्दो दृश्यहरू वर्णन गरे।

मड्रिडबाट १४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाथ नगरपालिकाको बीचतिर बिहान करिब ९ बजे उक्त दुर्घटना भएको थियो। – बीबीसी