एनआरएनएको भबिश्य कसरी सुरक्षित गर्ने ? 

नब राज रोस्यारा
जर्मनी

संसारैभरीबाट एनआरएनएको निर्वाचनको समाचारहरु आइरहेका छन। हामीमध्ये कोही पहिलो भएका छन् त कोही दोश्रो नम्बरमा आएका छन्। जसले जुन नम्बर हाँसिल गरे पनि हामी सबैको लक्ष्य भने एउटै छ। आफु बसेको देशमा रहेको नेपाली समाजलाई अग्रगामी बाटोमा डोर्याउने र आफ्नो मातृभुमी नेपालको सर्बाङगीण विकासमा हातेमालो गर्दै नेपालको एक बिकासे पार्टनरको रुपमा साझेदारी गर्ने।
अक्षरमा लेख्दा हामी एनआरएनहरुको लक्ष्यलाई यति सजिलो गरी व्याख्या गर्न सकिए पनि यसलाई व्यबहारमा उतार्न कति गाह्रो रहेछ त ? हामी सबैलाई अनुभव भईसकेको छ कि हामी एनअरएनहरुको साझा लक्ष्य तर्फका हाम्रा पाइलाहरुलाई सिधा अगाडी चाल्न निकै नै गाह्रो पर्दो रहेछ।

त्यसैले १७(१८ बर्षे ईतिहास बेकेको एनआरएनएका अग्रज अभियान्ताहरुले हाम्रो हालसम्मको प्रगति, नेपाल र नेपालीहरुले हामीप्रति गरेको अपेक्षा र हाम्रो आफ्नै सन्ततीहरुको भबिश्यको बारेमा गम्भिर भएर समिक्षा गर्नुपर्ने देखिन्छ। अग्रजहरुले संगठन निर्माण गरेर आफ्नो दयित्व पुरा गरे । अबको नयाँ नेतृत्वकर्ताले एनआरएनएलाई सहि दिशा दिएर यस्को भबिष्य सुरक्षित गर्ने कार्यमा लाग्न सकेमात्र हामी सबैलाई आउँदो पुस्ताले हामिले भन्दै आएको एनआरएन भोलुन्टरी कार्यलाई रिकग्नाइज गर्नेछ। एनआरएनएको उपयुक्त बाटो र यस्को आगामी कार्यनितीको कुरा गर्दै गर्दा हामीले हाइपोथेटिकल भएर नसोचौ । कहिले काहीँ हामी बीचमै घटेका घटनाहरुलाई बिश्लेषण गरे मात्रै पनि हामीले आफ्नो बाटो पहिचान गर्न सक्छौ।

जस्तो कि जर्मनीमा एलसीसीहरु गठन गर्दै जाने क्रममा यहाँको एउटा नयाँ स्टेटमा एलसीसी गठन गर्न यसपटक हामी पुगेका थियौ। त्यो स्टेटमा बस्ने नेपालीहरुको अहिलेसम्म आफ्नै एउटा अघोषित नेपाली समाज रहेछ। अनी त्यस्को साथसाथै नेपाललाई असाध्यै माया गर्ने र नेपालको भ्रमण गरी राख्ने जर्मनहरु र केही अग्रज नेपालीहरु मिलेर नेपाल जर्मन साथी समुह भनेर पनि एउटा अर्को संस्था खोल्नु भएको रहेछ। नेपाल जर्मन साथी समुहले नेपाली हरुलाई पर्ने बिभिन्न समस्याहरुमा काउन्सिलिङ गर्ने देखी नेपालमा बिभिन्न हेल्पिङ प्रोजेक्टहरु सन्चालन गर्नको लागी आबस्यक बजेटको खोजी गर्दो रहेछ। अनी त्यो अघोषित नेपाली समाजले नेपाल जर्मन साथी समुहसँगको सहकार्यमा बिभिन्न नेपाली साँस्कृतिक कार्यक्रमहरु, नेपालका चाडपर्बहरु मनाउदा रहेछन। नेपालीहरुले चाडपर्ब मनाउँदा नेपाल जर्मन साथी समुहको जहिले पनि सहभागीता रहेकै हुँदो रहेछ। साथी समुहले नेपालको एउटा बिद्यालयका हरेक विद्यार्थीलाई महिनाको एक युरोको दरले छात्रवृत्ति पनि दिएको रहेछ। त्यो साथी समुहमा रहेका नेपाली प्रोफेसरको अग्रसरतामा नेपालको काठमान्डौ बिश्व बिद्यालयमा समर स्कुल पनि चलिरहेको रहेछ। साथी समुहमा रहेका रिटायर्ड वकिलहरुले नेपालीलाई आबस्यक परेको बेलामा कानुनी परामर्ष पनि गर्दा रहेछन। यसरी नेपाली नेपाली मिलेर बनेको एउटा संगठन र अनी अर्को नेपाललाई माया गर्ने जर्मन र अग्रज नेपालीहरु मिलेर बनेको अर्को संगठनको बीचमा मज्जैले सहकार्य हुँदै आइरहेको रहेछ ।
यसरी सहकार्य गर्दै आएको अघोषित नेपाली समाजलाई यस्पाली हामीले एनआरएनएको एलसीसीमा परिणत गर्यौ । त्यसैले अब यो स्टेटमा एनआरएनए र जर्मन नेपाल साथी समुहको बीचमा अफिसियल हिसाबले सहकार्य गर्दै अघी बढ्ने बातावरण बनेको छ। उहाहरुले गरी रहेको सहकार्य देखेर हामी जर्मनमा राष्ट्रिय रुपमै कसरी नेपाली डाय्स्पोरा र नेपाल लाई मायागर्ने जर्मन डाय्स्पोरा बीचको सहकार्य कसरी गर्ने भनेर छलफल चलाई रहेका छौ।

संसारभरी नै खास गरीकन युरोपमा बस्ने नेपाली डायस्पोरा एनआरएनएू र सम्बन्धित देशमा बसेर नेपालीलाई माया गर्ने हरुको साथी समुह अधिकारिक रुपमा तयार गरेर यि दुबै संस्था बीच सहकार्य हुन पाए हाम्रो नेपाली डायस्पोराले अर्कै गति लिने थियो जस्तो लाग्छ ।

नेपाली डायस्पोरा र सम्बन्धित देशका नेटिभ साथी समुह बीच सहकार्य भए त्यस्ले नेपाली हरुको इन्टिग्रेसन पनि हुने, एनआरएनएको सम्मेलनमा नेपाल जादा बिदेशीहरुको साथी समुहलाई पर्यबेक्षक बानाएर एनआरएनए सम्मेलनमा लादा सयौ बिदेशीहरु लाई पनि काठमान्डौमा एक साथ उतार्न सकिने । त्यसपछी हामीले नेपालमा बिभिन्न खाले प्रोजेक्टमा सहयोग गर्नु परे बिदेशी साथीहरुसँग मिलेर जती पनि सहयोग गर्न सकिने। हाम्रा राम्रा कुरा उनी हरुले सिक्ने , उनिहरुका राम्रा कुरा हामीले सिक्ने । यस्तो कल्चरको बिकास गर्न सके त्यस्ले सबै एनआरएनए सदस्यहरुलाई प्रतक्ष्य फाईदा पुग्ने । अहिले एनआरएनए लाई अग्रज अभियान्ताले मात्रै माया गरी रहेका छन। तर एनआरएन डायस्पोरा र सम्बन्धित देशको नेटिव डायस्पोरा बीचको सहकार्य लाई मुर्त रुप दिने काम एनआरएनए ले गर्न सके अबका दिनहरुमा बिदेशिएका सबै नेपालीहरुले पनि एनअरएनए लाई त्यतिकै माया गर्थे जत्तिको आजका अग्रज अभियन्ताले गरिरहेका छन्।

त्यसैले आउनोस मित्रहरु, एक आपसमा हातेमालो गर्दै हाम्रो मात्र होइन, हाम्रा आफ्ना सन्ततीहरुको पनि भबिश्य सुरक्षित गरौ । हाम्रा सन्ततीहरु न त नेपाली हुने हुन, न त उनिहरु बिदेशी नै हुने हुन। त्यसो भए हाम्रा सन्तातीहरुको परिचय के हो त भन्दा ूआधा नेपाली, आधा बिदेशी ू। नेपालीका राम्रा कुरा र बिदेशीका राम्रा कुरा मिलेर भनेको छुट्टै इन्टिग्रेटेड सोसायिटी नै हाम्रा सन्ततीको समाज हो । त्यसैले आज देखी नै हाम्रा सन्तती लाई चाहिएको अधा नेपाली र आधा बिदेशी क्यारक्टेरिस्टिक बोकेको समाजको निर्माणमा लागौ। आगामी अक्टोबरमा हुन सम्पन्न हुन गई रहेको एनआरएन सम्मेलनमा ‘नेपाल जर्मन फ्रेन्डिशिप काउन्सिल’ भने जस्तै हरेक देशमा फ्रेन्डशिप काउन्सिल गठन गर्ने नीति सम्मेलनबाट पास गरौ। आफु बसेको देशमा बिदेशीहरु सँग सहकार्यको अबधारणा अघी सारेर नेपाली समाजको इन्टिग्रेसन गर्ने तिर लागेर हाम्रा सन्ततीलाई चाहिएको समाजलाई आजै देखी निर्माण गर्न तर्फ लागौँ ।

(रोस्यारा एनआरएनए जर्मनीका निवर्तमान अध्यक्ष हुनुहुन्छ)