गैर आवासिय नेपाली संघको आधिकारिकताको विवाद अनत्य, परराष्ट्रले गर्यो सर्कुलर

मूलखबर संवाददाता
काठमाडौं

पराराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघलाई आधिकारिकता दिएको छ । यससँगै गैर आवासिय नेपाली संघको आधिकारिकताको विवाद अनत्य भएको छ । परराष्ट्र मन्त्रालयले विदेशमा रहेको नेपाली दूतावासलाई बिहीबार सर्कुलर समेत पठाएको छ ।

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाविधेशनले महेश श्रेष्ठको नेतृत्वको पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको भन्दै परराष्ट्रले नेपाली दूतावासलाई सर्कुलर पठाएको हो । उच्चस्तरीय समितिले मे ३ देखि ४ तारिखसम्म काठमाडौंमा एकता महाधिवेशन गराएको थियो ।

यसैबीच श्रेष्ठ नेतृत्वको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले निर्वाचित कार्यसमितिले आधिकारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिसकेको भन्दै संसारभरका एनसीसीलाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेको छ ।