यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
रोयल च्यालेन्जर्स बेंग्लोर आईपिएल क्रिकेटको फाइनलमा. बेंग्लोर, १२ जेठ ।. गुजरात लायन्सलाई पराजित गर्दैै रोयल च्यालेन्जर्स बेंग्लोर आईपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।. बेंग्लोरको चिनास्वामी रंगशालामा गएराति भएको क्वालिफायरमा बेंग्लोरलाई ४ विकेटको जित दिलाउन एबी डेभिलियर्सले अविजित ७९ रनको योगदान दिए ।. कुनै समय ६३ रन जोड्दा ६ विकेट गुमाईसकेको बेंग्लोरले डेभिलियर्सको शानदार ईनिङसँगै १५९ रनको चुनौतीलाई खेलमा ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्यो । उनले ४७ बलमा ५ चौका र ५ छक्काको मद्दतले अविजित ७९ रन जोडेपछि विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर फाईनलमा पुगेको हो ।. यसअघि पहिले ब्याटिङ गरेको गुजरातलाई १ सय ५८ रनको योगफलसम्म पुर्याउने क्रममा ड्वेन स्मिथले ७३ रन जोडेका थिए ।. सुरेश रैनाको कप्तानीमा रहेको पराजित टोली गुजरातले भने फाईनल प्रवेशका लागि अर्को एक खेल खेल्ने अवसर पाउनेछ ।. आईपिएल क्रिकेटमा आज सनराईजर्स हैदरावाद र कोलकाता नाईट राईडर्स भिड्नेछन् । उक्त खेलको विजेताले फाइनल प्रवेशका लागि गुजरात लायन्ससँग खेल्नेछ ।.
रोयल च्यालेन्जर्स बेंग्लोर आईपिएल क्रिकेटको फाइनलमा
बेंग्लोर, १२ जेठ ।

गुजरात लायन्सलाई पराजित गर्दैै रोयल च्यालेन्जर्स बेंग्लोर आईपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बेंग्लोरको चिनास्वामी रंगशालामा गएराति भएको क्वालिफायरमा बेंग्लोरलाई ४ विकेटको जित दिलाउन एबी डेभिलियर्सले अविजित ७९ रनको योगदान दिए ।
कुनै समय ६३ रन जोड्दा ६ विकेट गुमाईसकेको बेंग्लोरले डेभिलियर्सको शानदार ईनिङसँगै १५९ रनको चुनौतीलाई खेलमा ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्यो । उनले ४७ बलमा ५ चौका र ५ छक्काको मद्दतले अविजित ७९ रन जोडेपछि विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर फाईनलमा पुगेको हो ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातलाई १ सय ५८ रनको योगफलसम्म पुर्याउने क्रममा ड्वेन स्मिथले ७३ रन जोडेका थिए ।
सुरेश रैनाको कप्तानीमा रहेको पराजित टोली गुजरातले भने फाईनल प्रवेशका लागि अर्को एक खेल खेल्ने अवसर पाउनेछ ।
आईपिएल क्रिकेटमा आज सनराईजर्स हैदरावाद र कोलकाता नाईट राईडर्स भिड्नेछन् । उक्त खेलको विजेताले फाइनल प्रवेशका लागि गुजरात लायन्ससँग खेल्नेछ ।