
प्रदेशमा एक मुख्यमन्त्री र ४ जना मात्रै मन्त्री राख्ने व्यवस्था गराैं : सांसद खतिवडा
प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले प्रदेश सरकारमा एकजना मुख्यमन्त्री र ४ जनामात्र मन्त्री राख्ने व्यवस्था गर्न माग गरेका छन् ।
प्रनिनिधिसभाकाे बैठकमा विशेष समयमा बाेल्दै नेपाली कांग्रेसका युवा नेतासमेत रहेका खतिवडाले बजेटलाई पुँजिगत खर्चमा केन्द्रित गर्न र साधारण खर्च घटाउन त्यसाे गर्न माग गरेका हुन् ।