३ घण्टापछि आगलागी नियन्त्रणमा, क्षतिकाे विवरण संकलन गर्दै प्रहरी

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं महानरपालिका वडा नम्बर २४ स्थित मखनटाेलका दयाराम श्रेष्ठको घरमा भएको आगलागी नियन्त्रणमा आएको छ । दयारामको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिग भइ आगलागी भएको थियो ।

दयारामको घरमा लागेको आगो नजिकै रहेको रुकेश श्रेष्ठको पाँच तल तले पक्की घरमा आगो सल्किएको थियो । उक्त स्थानमा प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्दको कमाण्डमा २० जनाको प्रहरी टोली,नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली खटिइगएको थियो ।

जुद्ध बारुद दुई, नेपाल आर्मी एक, ललितपुर महानगरपालिका एक, रामहिटि एक र बालाजु औद्योगिक क्षेत्रको एक गरी जम्मा ६ वटा दमकलले आगो नियन्त्रणमा ल्याएको हो आगलागीमा परी एकजनाको ज्यान गएको छ भने क्षतिको विवरण आउन बाँकी छ ।