काभ्रेको महाभारत गाउँपालिका देशभरमै शुन्य बेरूजु, अध्यक्षले दिए सबैलाई धन्यवाद

मूलखबर संवाददाता
काभ्रे, ३१ बैसाख

काभ्रे जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका ७ सय ५३ स्थानिय पालिका हरु मध्यबाटै शून्य बेरुजुमा पर्न सफल भएको छ ।

महालेखा परिक्षककाे कार्यलयले जारी गरेकाे प्रतिवेदन अनुसार काभ्रे जिल्लाकाे महाभारत गाउँपालिका देशभरकै पहिलाे शुन्य बेरूजुमा पर्न सफल भएको  हाे ।

महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो ।

प्रतिवेदन अनुसार गाउँपालिकामा १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा शून्य बेरुजु देखिएको हो ।

माओवादी केन्द्रका युवा नेता कान्छालाल जिम्बाले नेतृत्व गरेको पालिका शुन्य बेरूजुमा पर्न सफल भएपछि महाकारतबासीहरू खससि भएका छन् भने अध्यक्ष जिम्बाले  सम्पूर्ण महाभारत बासीमा हार्दिक बधाई व्यक्त गरेका छन् ।

उनलेे शून्य बेरुजु पालिका बनाउन सहयोग गर्नुहुने जनप्रतिनिधिहरु,  कार्यलय प्रमुखहरु, लेखा प्रमुख लगायत राष्ट्रसेबक कर्मचारीहरू, सेवाग्राही तथा सहयोगी सबैलाई  धन्यवाद दिएका छन् ।