
टीआरसी र वेपत्ता छानविन समितिमा पदाधिकारी नियुक्त, पीडितहरुको विरोध
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पदाधिकारी नियुक्त गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा लीलादेवी गडतौलालाई नियुक्त गर्ने गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्थीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् । अध्यक्ष थापा संखुवासभा र गडतौला तेह्रथुम जिल्लाका स्थायी वासीन्दा हुन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोग का सदस्यमा अच्युत प्रसाद भण्डारी (जाजरकोट), डा। टीका प्रसाद ढकाल (पाँचथर), पदम बहादुर शाही (जुम्ला), कुमारी कौशल्या ओझा (कन्चनपुर) रहेका छन् भने
वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्यहरुमा गोपाल नाथ योगी (सल्यान), अग्नी प्रशाद थपलिया (झापा), सृजना पोख्रेल (काठमाडौँ), बिनिता नेपाली (कास्की) रहेका छन् ।
द्वन्द्वपीडितहरुले भने आफूहरुले पटक पटक सचेत गराउँदा समेत पीडितहरुका प्रतिनिधित्व नगरेको भन्दै विरोध गरेका छन् ।