माओवादी बिरुद्ध सेना परिचालन

काठमाडौं,२० चैत ।

chhattisgarh_air_force_helicopter_bastar_624x351_iaf

माओवादी आक्रमणमा ७ जना सुरक्षाकर्मीको मृत्युपछि माओवादी प्रभावित क्षेत्रमा वायुसेना परिचालित गरिएको छ । यो  भारतको  खबर हो । त्यहाँको प्रहरी मुख्यालयका अनुसार भारतको  छत्तिसगढ  क्षेत्रमा एमआई–१७ हेलिकप्टरले हवाई फायरिङको अभ्यास समेत गरेको छ । छत्तिसगढ र सुक क्षेत्रमा वायुसेनाको टोलीले  छुट्टाछुट्टै अभ्यास गरेको त्यहाँको प्रहरी श्रोतको भनाई छ ।

छत्तिगढका प्रहरी प्रमुख डीएम अवस्थीले पत्रकारसंग माओवादीविरुद्धको पूरा कारबाही वायुसेनाको विशेष प्रशिक्षण प्राप्त कमाण्डो दस्ताले गर्ने बताएका छन् ।

अभ्यासमा वायुसेना र सुकमा प्रहरीका वरिष्ठ अधिकारीहरु सहभागी थिए । भारतीय वायुसेनाले अभ्यास गरेको यो नै पहिलो घटना भने होइन ।

यसअघि गत अक्टोबरमा बिजापुर जिल्लामा वायुसेनाले हेलिकप्टरबाट फायरिङको अभ्यास गरेको थियो । त्यसपछि माओवादीहरुले केही पटक हेलिकप्टरलाई समेत निशाना बनाएका थिए ।

प्रहरी अधिकारीहरुले आत्मरक्षार्थ हमला गर्ने बताएपनि मानवअधिकारवादीहरु भने यसको बिरोध गरेका छन् ।