सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन

मूलखबर संवाददाता
काठमाडौं

आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच माग सम्वाेधनकाे लागि वार्ता समिति बनाउने सहमति भएको छ ।

सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्नका लागि सरकार व्यवसायीहरूबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको हाे ।

वार्ताका लागि व्यवसायी पक्षबाट चार र सरकार पक्षबाट सात जना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा वार्ता टोली गठन भएको  छ ।

सोमबार गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीहरूबीचको छलफलपछि समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने सहमति जुटेको हाे ।