
वाइसीएललाई प्रचण्डको निर्देशन: इँटकाे जवाफ पत्थरले दिने तयारी गर्नु
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिगामीलाई ईँटकाे जवाफ पथ्थरले दिन वाईसीएललाई निर्देशन दिएका छन् ।
पार्टीको सहायक संगठन वाइसीएलकाे तेस्रो राष्ट्रिय सम्मेलनमा सम्वाेधन गर्दै प्रचण्डले परिवर्तनकाे विरूद्वमा राजावादी र प्रतिगामीहरूकाे प्रतिकार गर्न युवाहरूलाई आव्हान गरेका हुन् ।
प्रचण्डले वाइसीएलले वैचारिक रूपमा, राजनीतिक रूपमा, सांगठनिक रूपमा, प्राविधिक रूपमा र जसरी आउँछन् त्यसरी प्रतिवाद गर्न तयारी गर्न निर्देशन दिएका हुन् ।
उनलेे कसैलाई आक्रमण गर्न नजाने तर काेही आक्रमण गर्न आएमा त्यसलाई इटकाे जवाफ पत्थरले दिन वाइसीएललाई निर्देशन दिए ।