वाइसीएलकाे तेस्रो राष्ट्रिय सम्मेलन शुरू : वाइसीएल पार्टीको उत्तराधिकारी: प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, १८ जेठ

वाइसीएल नेपालकाे तेस्रो राष्ट्रिय सम्मेलन शुरू भएको छ । राजधानीकाे कमलादीस्थित प्रज्ञा भवनमा शुरू भएको सम्मेलनकाे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गर्नुभएको हाे ।

पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले वाइसीएल पार्टीको सहायक संगठनमात्रै नभएर उत्तराधिकारी संगठन भएको बताउनुभयाे ।

याे गणतन्त्र नेपाली जनताको गणतन्त्र भएकोले यसलाई संस्थागत गर्न जरुरी भएको प्रचण्डकाे प्रष्टाेक्ति थियाे । प्रचण्डले गणतन्त्रलाई कमजाेर बनाउन र माओवादीलाई एक्ल्याउन गणतन्त्र प्रचण्डको मात्रै भन्ने प्रचार गरेर यथास्थितिवादी र प्रतिगामीहरूले जनतामा भ्रम पदर्न खाेजेकाे बताउनुभयाे ।

सम्मेलनको नारा ‘सुशासन, सामाजिक न्याय, सम्वृद्धि र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन’ रहेको छ । सम्मेलन आगामी जेठ २० गते समापन हुने बताइएको छ ।