माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

मूलखबर संवाददाता
काठमाडौं, १९ जेठ

प्रमूख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । आज १२ बजे सिंहदरबारमा दलको बैठक बस्ने बताइएको छ । बैठकमा संसदमा प्रभावकारी भुमिका खेल्ने विषयमा छलफल हुने बताइएको छ ।

संसदमा माओवादीलगायत प्रतिपक्षी दलहरुले भिजिट भिषा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै निरन्तर संसद अवरुद्ध गरिरहेका छन् ।

माओवादी केन्द्रले बजेट ल्याउन दिने लचिलो नीति ल्याए अनुसार जेठ १५ गते संवैधानिक व्यवस्था अनुसार बजेट ल्याउन दिएको थियो । बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।