मोर्चाका जायज माग पुरा गरिन्छ- प्रचण्ड

विरगञ्ज, १२ चैत /
prachandaएकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चाले पेश गरेका ११ बुँदे मध्ये जायज मागहरु पुरा गर्न सकिने बताएका छन् ।
दोस्रो वीरगन्ज महत्सव व्यापार मेला उदघाटन गर्न शुक्रबार वीरगन्ज आएका उनले मधेस आन्दोलनमा उठेका जायज मागलाई सम्बोधन गरेर समस्याको हल निकाल्नुपर्नेमा जोड दिएका छन् ।
सीमांकनको मुद्दा राजनीतिक सहमतिमा पूरा गरिने जिकिर गरे । मेला उदघाटन कार्यक्रममा दाहाल आउने खबर फैलिनासाथ मधेसी मोर्चाका कार्यकर्ताले बिहीबारदेखि बिरोध प्रदर्शन गरेका थिए ।

सरकारको काम निकै सुस्त रहेको टिप्पणी गरेपनि हाल सरकार ढाल्ने समय नरहेका प्रस्ट पार्दै उनले भने,अहिले पुनर्निर्माण र संविधान कार्यान्वयन गर्ने बेला हो । चिनसँग भएको सम्झौताले मुलुकमा दूरगामी महत्व राख्ने उनले बताए ।
मेला उद्घाटन गर्ने क्रममा उनले राजनीतिक संक्रमण पछि अब आर्थिक विकास तर्फ लाग्ने बेला आएको बताएका थिए । लामो मधेस बन्दले थलिएको वीरगन्जको अर्थतन्त्र उकास्न सरकार र नीजि क्षेत्रले मद्दत गर्नुपर्ने उनको भनाई थियो । मेलाले यस क्षेत्रको उद्योग, व्यापार प्रर्वद्धनमा मद्दत पुर्‍याउने उनले बताए ।
प्रचण्डलाई मधेशमा प्रतिवन्ध लगाउने मधेशी मोर्चाका कारर्यकर्ताले घोषणा गरेको भएपनि प्रचण्ड मधेश पुगेका थिए ।