माओवादीको एकता नजिकै छः नेताहरु

काठमाडौं, ११ चैत ।
माओवादीका नेताहरुले नेपालका विभाजित माओवादी पार्टीहरु एक नभई देशको विद्यमान समस्या हल नहुुने र आरोलो लागेको माओवादीको हैसियत समेत कायम हुुन नसक्ने भएकाले माओवादी आन्दोलन एक हुुनपर्नेमा जोड दिएका छन् । उनीहरुले उक्त एकता नजिक रहेको पनि दावी गरेका छन् ।
राजधानीको संवाद डवलीमा क्रान्तिकारी कम्युुनिष्ट पार्टीद्धारा आयोजित ‘वर्तमान परिस्थितिमा माओवादी आन्दोलनको दिशा’ विषयक विचार गोष्ठीमा उनीहरुले उक्त जोड दिएका हुन् ।
क्रान्तिकारी कम्युुनिष्ट पार्टीका महासचिव मणि थापाले माओवादी पार्टीहरुको भविश्य संकटमा रहेकाले एकता अनिवार्य बन्न गएको बताए । उनले अबको एकताले आमुल परिवर्तनको दिशा निर्देश गर्ने पनि दावी गरे । उनको कथन छ, ‘यो अभियान यही पुुस्ताले पुरा गर्न पर्ने भएको छ ।’
एकीकृत नेकपा माओवादीका नेता लोकेन्द्र विष्टले माओवादी पार्टी गौरवशालीभन्दा कौरबशाली भएकाले विग्रेको तर विभिन्न परिस्थितिले पार्टी एकता हुुनै पर्ने भएकाले क्रान्तिकारी कार्यभार अझै बाँकी रहेको ब्याख्या गरे । ‘बिग्रेका कार्यशैली सच्याएर एकता गर्न आवश्यक छ’ उनले भने, ‘यसका लागि म चाँहि पार्टी सदस्य भएर काम गर्न पनि तयार छु ।’ नेता विष्टले सपना देख्न छोड्न नहुुने र बनेको संविधानलाई संघर्षको थलो बनाउन पर्नेमा जोड दिए ।
नेकपा (माओवादी क्रान्तिकारी) का नेता कुलप्रसाद केसीले फेरि जनयुुद्ध, जनयोद्धा र माओवादी आन्दोलनको केन्द्रिकरण विना जनयुद्धका उपलब्धीको रक्षा र बाँकी क्रान्तिको कार्यभार पुुरा नहुुने बताए । उनले वितेका दश वर्ष युद्ध र दश वर्ष शान्ति र विवादमा वितेपनि अवको समय परिवर्तनका लागि हुने दावी गरे ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले माओवादी पार्टीहरु क्रान्तिको बाँकी कार्यभार पुुरा गर्ने सन्दर्भमा एकता गर्न सक्ने बताए । उनले त्यसका लागि माओवादीका शीर्ष नेतृत्व तहका नेताहरुले जनता र आम कार्यकर्ताको भावना नबुुझेको सन्दर्भ प्रस्तुत गर्दै भने, ‘माओवादी संकट आएपछि मात्र एक हुनेजस्तो र अघिपछि वास्तै नगर्नेजस्तो नेता गण देखा परेका छन् ।’
माओवादी एकता आन्दोलनका अभियन्ता दीपेन्द रोकायाले वदलिदो परिवेशले माओवादी आन्दोलन उपेक्षा र अरुचीको विषय बन्दै संकटमा धकेलिएको बताउँदै यतिखेर एकता नभए बचेका सर्मथक, शुभेच्छुक मात्र होइन नेता, कार्यकर्ता समेत निराश हुने बताए । उनको विचारमा यो एकता कोही पार्टीमा जाने र आउने नभई नेकपा माओवादी केन्द्र बनाउनमा केन्द्रित हुन पर्दछ ।
नेकपा (माओवादी) का नेता गोपाल ठाकुरले मधेशको समया हल नगरी नेपालको समस्या हल नहुने दावी गर्दै पार्टी एकताको आधार नेतृत्वमा क्रातिकारी विचार हुनपर्नेमा जोड दिए । यस्तै द्धन्द्ध सरोकार केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले वेपत्ता, घाइते योद्धाहरुले पार्टी एक भएको देख्न चाहेको गुनासो सुनाए । प्रगति र विहानी विकले जनयुुद्धका बाँकी रहेका कार्यभार सम्बन्धी गीतहरु प्रस्तुुत गरेको कार्यक्रममा टिकाजंग हमाल, रक्तिम लामा लगायतले पार्टी एकताले दिने संभावित गतिका सन्दर्भहरु प्रस्तुत गरेका थिए ।