यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
कांग्रेस सभापति देउवा र नेता पौडेलबीच भेटवार्ता. कांग्रेस सभापति देउवा र नेता पौडेलबीच भेटवार्ता. काठमाडौं,१० चैत ।. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।. वरिष्ठ नेता पौडेल निवास बोहराटारमा बुधबार भएको भेटवार्तामा दुई नेताबीच १३औं महाधिवेशनपछि पार्टीलाई एक बनाएर लैजाने तथा समसामयिक राजनीतिक विषयकाबारेमा छलफल भएको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।. सो भेटवार्तामा पार्टी सभापति देउवालाई नेता पौडेलले पार्टीभित्र कसैलाई काखा र पाखा नगरी नेता एवं कार्यकर्ताको कामका आधारमा उचित मूल्यांकन गर्न आग्रह गरेका थिए ।. सभापति देउवाले पार्टीलाई एकजुट बनाएर अघि बढ्ने र सबैको सल्लाहका आधारमै काम गर्ने बताएका थिए ।. सो भेटवार्तामा १३औं महाधिवेशनपछि केन्द्रीय पदाधिकारीमा गरिने मनोनयन तथा पार्टीको आगामी संसदीय दलका नेताको चयनका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ । रासस.
कांग्रेस सभापति देउवा र नेता पौडेलबीच भेटवार्ता
काठमाडौं ,१० चैत ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
वरिष्ठ नेता पौडेल निवास बोहराटारमा बुधबार भएको भेटवार्तामा दुई नेताबीच १३औं महाधिवेशनपछि पार्टीलाई एक बनाएर लैजाने तथा समसामयिक राजनीतिक विषयकाबारेमा छलफल भएको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
सो भेटवार्तामा पार्टी सभापति देउवालाई नेता पौडेलले पार्टीभित्र कसैलाई काखा र पाखा नगरी नेता एवं कार्यकर्ताको कामका आधारमा उचित मूल्यांकन गर्न आग्रह गरेका थिए ।
सभापति देउवाले पार्टीलाई एकजुट बनाएर अघि बढ्ने र सबैको सल्लाहका आधारमै काम गर्ने बताएका थिए ।
सो भेटवार्तामा १३औं महाधिवेशनपछि केन्द्रीय पदाधिकारीमा गरिने मनोनयन तथा पार्टीको आगामी संसदीय दलका नेताको चयनका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ । रासस