पेट्रोल र डिजेलकाे मुल्य घट्याे

मूलखबर संवाददाता
काठमाडौं, २ जेठ

पेट्रोल र डिजेलकाे मुल्य घटेको छ ।  नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टीतेल ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ।

मूल्य घटाएपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ५७ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ४२ रुपैयाँ कायम भएको छ। इन्डियन आयल कर्पोरेसनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ।