संस्थान निजिकरण गर्ने कार्य तत्काल राेकियाेस्- सांसद सुवेदी

मूलखबर संवाददाता
काठमाडौं, १ जेठ

प्रतिनिधिसभा सदस्य ज्ञानु वस्नेत सुवेदीले सार्वजनिक संस्थानहरू निजिकरण गर्ने काम राेक्न सरकारकाे ध्यानाकर्षण गराएकी छिन् ।

संसदकाे बिहीबारकाे बैठकमा शुन्य समयमा बाेल्दै माओवादी केन्द्रकी सांसद बस्नेतले सरकारले फेरि ७ वटा संस्थानहरू नीजिकरण गर्न खाेजेकाे समाचारले आफ्नो ध्यानाकर्षण भएको बताएकी हुन् ।

उनलेे सरकारले २७ भन्दा बढी संस्थानहरू नीजिकरण भइसकेकाे उल्लेख गर्दै याे क्रियाकलाप समाजवादी राष्ट्र बनाउने अभियानकाे विपरित भएको बताइन् । उनलेे सरकारलाई तत्काल संस्थान नीजिकरण गर्ने निर्णय सच्याउन पनि माग गरेकी छिन् ।