पहाड र उपत्यकामा आज होलि मनाइंदै

काठमाडौं ,९ चैत ।
2222
रंगहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गरी आज काठमाण्डौ उपत्यका र पहाडी जिल्लामा हर्षोल्सापूर्वक मनाइदैछ ।
नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी भेगमा मनाउने गरिन्छ भने तराईका क्षेत्रहरुमा भोलि मनाइन्छ ।
वसन्त ऋतुको आगमनको शुरुआतमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भई रंग दलेर मनाइन्छ ।
असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।
सत्ययुगमा विष्णुभक्क्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।
नेपालको पहाडी क्षेत्रमा फागु पूर्णीमाको दिन होली मनाइन्छ भने तराईमा पूर्णीमाको भोलिपल्ट मनाइन्छ ।
यस पर्वमा विकृति बढ्न नदिन सुरक्षा ब्यवस्था कडा बनाइएको छ भने इच्छाविपरित रंग दल्ने, मादक पदार्थ सेवन गर्ने जस्ता अवाञ्छित गतिविधि गर्नेहरुलाई कारवाही गरिने प्रहरीले जनाएको छ ।