
रक्सि सेवनबाट रुकुममा १ को मृत्यु,२ बिरामी
रुकुम, १२ जेठ ।
घरेलु रक्सि सेवन गर्दा रुकुमको मुसिकोट नगरपालिका–३ राउखेत बजारका एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् । गत शुक्रबार बिहान ९ बजे घरेलु जाँड खाएकी ३५ वर्षीया प्रेमकुमारी खड्काको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा ज्यान गएको हो ।
यस्तै जाँड खाएकी त्यही ठाउँकी ४५ वर्षीया लालकुमार खत्री र ५५ वर्षका शशीराम खड्का गम्भीर बिरामी परेका छन् । बिरामी लालकुमारीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने शशीरामलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।
प्रेमकुमारी र लिलाकुमारीलाई दिउँसो १ बजेतिर जिल्ला अस्पताल पु¥याइएको थियो । शशीराम भने आफैँ अस्पताल पुगेका थिए । रासस
