अब ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाटै पाइने

मूलखबर संवाददाता
काठमाडौं, २ बैसाख

त्रिभुवन विश्वविद्यालयले अब ट्रान्सकृप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाटै प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यलयले एक सूचना प्रकाशित गर्दै सो व्यवस्था बैसाख २ गतेबाटै लागु भएको जानएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा आगामी जेठ १५ बाट परीषा नियन्त्रण कार्यलयबाट हुने सम्पूर्ण सेवाहरु अनलाईनबाटै हुने जानरकाी गराइएको छ ।