ग्रेटर रेडिङ नेपाली कम्यूनिटी एसोसिएसनको साधरणसभा संपन्न

बेलायत ,१० जेठ ।

13285774_10154217398114766_306354879_n

ग्रेटर रेडिङ नेपाली समाज बेलायतको रेडिङमा बार्षिक साधरण भेला संपन्न गरेको छ । ग्रेटर रेडिङ नेपाली समाज बेलायतको रेडिङमा कार्यरत सामाजिक संगठन हो । करिव दस हजार नेपालीहरुको बसोवास रहेको अनुमान गरिएको नेपालीहरुको साझा समाजको रुपमा स्थापित संस्थाले स्थानिय नेपालीहरुको समस्यामा एकाकार भएर बिभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

सन् २००२ मा डा चन्द्र बहादुर गुरुगंको अध्यक्षतामा स्थापित यो समाज बेलायतमा २००८ मा दर्ता भएको थियो । पाँचजना समाजका प्रतिष्ठित ब्यक्तित्वहरुले समाजको अध्यक्ष भै काम गरी सकेका छन् । सभामा स्थानिय सबै सँघ सँस्थाका अध्यक्ष तथा प्रतिनिधी लगायत सबै भु.पु अध्यक्षहरु , ट्स्टिहरु र समाजका गन्यमान्य ब्यक्तिहरुको ऊपस्थिती रहेको थियो । ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष मान बहादुर गुरुगंको अध्यक्षतामा संपन्न सो कार्यक्रममा प्रमुख अतिथि संस्थापन अध्यक्ष डा. सिबि गुरुगं रहेका थिए ।

कार्यक्रमलाई स्वागत गर्दै समाजका उपाध्यक्ष कृष्ण न्यौपानेले एक बर्ष भरिमा समाजमा भएका गतिबिधि र काम गर्दा भएका चुनौतिहरुको बिषयमा प्रकास पारेका थिए । स्थापनाकाल देखीनै पहिलो पटक भएको बार्षिकी भेलामा समाजका महासचिव ओमकार अधिकारीले बर्ष भरिमा भएको गतिबिधी, आगामी चुनौति र समस्याको बिषयमा प्रतिबेदन प्रस्तुत गरेका थिए ।  प्रस्तुत प्रतिबेदन र गतवर्ष भएको कामको प्रसंसा गर्दै हलले तालीको गडगडाह साथ अनुमोदन गरेको थियो । समाजको आन्तरिक कोषलाई ब्यवस्थापन पार्न बनेको समितिका संयोजक सल्लाहाकार ढक गुरुगंले नेपाली समाजको हिसावलाई चुस्त र दुरुस्त रुपमा सबै सदस्यहरुले बुझ्ने भाषामा प्रस्तुत गरेका थिए ।

प्रस्तुत कोषको हिसावलाई उपस्थित सदस्यहरुले तारिफ गर्दै वहाँको मिहेनतलाई कदर समेत गरेको थिए । समाजका कोषाध्यक्ष दिपक गुरुगंले समाजमा एक बर्ष भरिमा भएको आय ब्यायको हिसावलाई सभा सामु राख्नु भएको थियो र समाजका सदस्यहरुले राखेका जीज्ञासाहरुको ऊत्तर दिएका थिए । समाजको यो कार्यसमितिले बिगतमा एकै चोटी दुई बर्षको हिसाब किताब सार्वजनिक देखाऊने चलनलाई क्रमभगं गर्दै बिधि र प्रकृयाको पालनामा अधबुत मेहेनेत गरेकोमा उपस्थित सबैले सह्रना गरेका थिए। यस बर्ष ग्रेटर रेडिङ नेपाली कम्यूनिटी एसोसिएसनले स्वास्थ्यको लागी हिँडौ भन्ने कार्यक्रममा राम्रो काम गरेकोले रेडिंग बोरो काउन्सिलबाट सर्टिफेकेट दिईएको पनी जानकारी गराईएको थियो ।

साथै सामाजका सामाजिक काममा सकृय सहोयग गर्ने बिभिन्न महानुभावलाई प्रसंसापत्र पनी बितरण गरेको थियो । ग्रेटर रेडिङ नेपाली कम्यूनिटी एसोसिएसनले ईतिहासमानै पहिलो पटक बार्षिकी भेला बोलाएर बिगतमा गरेका कामहरुलाई साधरण सदस्यहरुवाट अनुमोदन गरी प्रस्तावित आगामी कार्यक्रमलाई सुझाब सहित अनुमोदन गरीदिनु भएकोमा अध्यक्ष गुरुंगले सबैलाई धन्यवाद दिए । यसरी साधरण सभामा खुला बहस हुनुले यो समाजलाई गति प्रदान गरेकोमा उनले  खुसी पनी प्रकट गरे । पुर्व अध्यक्षको तर्फबाट सल्लाहाकार महेस गुरुंगले समाजलाई एकताबद्ध बनाउनकोलागी यो कार्यसमितिले अझ मिहेनत गरोस भन्ने धारणा राखेका थिए ।

उनले यो समाज हामी सबैको साझा हो र कसैले पनी समाज भाँड्ने क्रियाकलाप गर्न नहुने कुरामा जोड़ दिँदै समाजले गरेका सबै कार्यक्रममा सबैले सहयोग र सहभागिता जनाऊनुनै सच्चा समाजसेबा हो भने । त्यस्तै अर्का पुर्व अध्यक्ष तथा सल्लाहाकार अर्जुन बस्नेतले यो कार्यसमितिले थुप्रै राम्रा कामहरुको थालनी गरेको छ र समाजमा सबैले काम गर्ने बातवरणको सृजना गराउनमा ध्यान दिओस भने । हामी सबै अटाउने संस्था भनेको यहि नेपाली समाज भएकोले त्यस तर्फ यो समाजको ध्यान केन्द्रित होस भने । समाजका पुर्व अध्यक्षहरुले बोल्ने क्रममा समाजको भेलाको प्रमुख अतिथि ग्रहण गरिरहनु भएका संस्थापक अध्यक्ष डा. चन्द्र बहादुर गुरुगंले प्रमुख अतिथिको मर्यादालाई भुलेर यो कार्यसमितिले बिगत देखी रहदै आएको ट्रष्टीलाई हटाएकोमा गुनासो गर्दै हलमा आँफैले हस्तेक्षप गरी पुर्नबाहालीकोलागी प्रस्ताव राख्नु भएकोमा सभाले पुर्ण अस्वीकार गरेकोले अाफ्नो प्रस्ताव अस्वीकृत भएको प्रस्तावक स्वंमले घोषणा गरेका थिए । उनी स्वयंको घोषणाले बिगत एक बर्ष देखी ट्रष्टी संबन्धि देखिएको भ्रम अन्त भएको छ ।

पुर्व अध्यक्षको तर्फबाट बोल्दै पुर्व अध्यक्ष तथा सल्लाहाकार कृतिबिलास पन्तले यस कार्यसमितिले बिधान अनुसार काम गरेकोले हामी ट्रष्टीहरुको कार्यकाल अन्त भएकोले अहिलेको कार्यसमितिले गरेको निर्णयनै बिधि अनुसार छ भनेका थिए। यसैगरी समिक्षा गर्दै समाजका सल्लाहाकार ढक बहादुर गुरुगंले यहां थुप्रै बिषयबस्तु उठे पनि ट्रष्टीको बिषयमा यो कार्यसमितीले गरेको निर्णय बिधान अनुसार नै भएको र पुर्व अध्यक्षहरुलाई अटाउन सक्ने खालको ब्यवस्था बिधान संसोधन गरेर भए पनि गरोस भन्ने प्रस्ताव राख्दै बारम्बार एऊटै कुरामा अल्झिएर बस्न नहुने र पुर्ब ट्रस्टीहरुलाई पुनर्बहाली गर्ने कुरा कानुन सम्मत नहुने कुरामा जोड़दिए।

समाजका सदस्यहरुको तर्फबाट बोल्दै टेक बहादुर गुरुगंले यो कार्यसमितिले बिगतका कामहरुलाई निरन्तरता दिँदै नयाँ नयाँ कार्यक्रमको बिकास गर्दै पद र प्रतिष्ठाको मात्रै कुरा नगरेर समाजसेवाको भावनाको बिकास हुनु पर्नेमा जोड जोड़दिए । बार्षीक साधारण सभा कार्यक्रमको शुरुमा राष्ट्रीय गाना र श्वस्तिका लिम्बुबाट नेपाली नृत्य प्रस्तुत भएको थियो भने बिच बिचमा रेडिंगका तिनजना गितकारहरुको ( ओमकार अधिकारी , यादव श्रेष्ठ तथा प्रतिमा के सी ) रचनामा रेकर्ड भएका गितहरु पनी प्रस्तुत गरिएका थिए ।

समाजका संपुर्ण तह र तप्काको उत्साहजनक उपस्थिती रहेको ऊक्त कार्यक्रमम अत्यन्त उल्लासमय बातवरणमा संपन्न भएको थियो । उपस्थित सर्ब साधारणको प्रतिक्रिया बुझ्न खोज्दा समाजको भेला अगावै पत्रिकामा झुटा अभबाह फैलाउने र कोठे बैठकको आयोजना गरेर समाजलाई असफल पार्न खोज्नेहरुलाई यो सभाको सफलताले पक्कै पनी गतिलो झापड दिएको हुनु पर्छ भन्ने कुरा आम मानिसबाट सुन्न सकिन्थ्यो । समाजमा भाँडभैलो भएको हेर्न चाहनेहरुले कपोल्कल्पित कुराहरु पत्रीकामा छाप्न लगाएर फेसबुकका भित्ताहरुमा लाईक र share गरेको देख्दा सर्वसाधारणहरुले समाजसेबीको मुकुण्डो लगाएर समाज भाँड्नेहरुलाई प्रस्ट रुपमा चिन्न सकिएको र एस पटक तिनीहरु राम्रै सँग ऊदांग्गिएकोमा खुसी समेत ब्यक्त गरेको देख्न सकिन्थ्यो । कार्यक्रमको संचालन संथाका महासचीब अोमकार अधिकारीले गरेका थिए ।