
आज संसद बैठक : गृहमन्त्रीको राजिनामा माग्दै अवरुद्द हुने
आज प्रतिनिधिसभाकाे बैठक बस्दैछ । आज बस्ने बैठकमम भिजिट भिसा प्रकरणमा नाम जाेडिएका गृहमन्त्री रमेश लेखककाे राजिनामा मागिने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राजिनामा माग्ने बताइएकाे छ ।
माओवादी केन्द्रले आवश्यक पर्दख संसद बैठक अवरुद्घ गर्नुपर्ने हुनसक्ने बताएको छ ।
संसद सचिवालयले भने नियमित बैठककाे सन्भावित कार्यतालिका सार्वजनिक गरेकाे छ । जस अनुसार आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ । साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने छन् ।